काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा धारिलो हतियार प्रहार गरी  हत्या गरिएका एक दम्पतीको हत्याको चारदिन बितिसक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन।

१५ फागुनमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २५ वर्षीया धनादेवी भण्डारीको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। घटनाको बालिका निर्मला पन्त बलात्कार र हत्याको अनुसन्धानका लागि कञ्चनपुरमा रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान टीम, क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर गरी चार टीमले अनुसन्धान गरिरहेका छन्।

तर, अहिलेसम्म प्रहरीले हत्याको कारणसमेत पत्ता लगाउन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख, एसपी मुकुन्द मरासिनीले अनुसन्धान जारी रहेको बताए। उनले भने, “हरेक कोण केलाइरहेका छौं।”

प्रहरीले अहिलेसम्म घटनामा प्रयोग गरिएका कुनै पनि वस्तु र अन्य प्रमाण फेला पार्न सकेको छैन। “घटनास्थलबाट संकलन गरिएको मोबाइल, रगत, कपडालगायत वस्तु फरेन्सिक परीक्षणका लागि पठाएका छौं”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले भने, “रिपोर्ट आएपछि कारण खुल्न सक्ला।”

प्रहरीले मृतक दुबै जनाको मोबाइलको कल डिटेलसमेत अध्ययन गरिरहेको छ।

घटना भएकै दिन धनगढीस्थित प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। प्रहरीले भण्डारीको परिवार तथा माईतीपक्षसँग उनीहरूको सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको बताएको छ।

तीन वर्षअघि क्यान्सरबाट जेठि श्रीमतीको मृत्यु भएपछि जयलालले धनासँग विवाह गरेका थिए। जेठी श्रीमतीबाट दुईछोरा र एक छोरी छन्। उनीहरू अलग्गै बस्दै आएका थिए।

जेठा छोरा २७ वर्षीय भरत भण्डारी डडेल्धुरा र कान्छो छोरा २२ वर्षीय जगदीश भण्डारी भाँसीमा बस्दै आएका छन्। कान्छी छोरीको विवाह भइसकेको छ। घरमा दूध पुर्‍याउन आएकी मृतककै आफन्तले भण्डारी दम्पतीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको शव भेट्याएको थियो। धनाको टाउको र जयलालको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।

उनीहरूको सात महीनाको बच्चा पनि चोट लागेको अवस्थामा पलङमा भेटिएका थिए। बच्चाको धनगढीस्थित माया मेट्रो अस्पतालमा एनआईसीयूमा राखेर उपचार भइरहेको छ।

बच्चाको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए। बच्चामा निमोनिया समेत देखिएको छ।

पहिलो श्रीमतीतर्फका छोराहरूसँग जयलालको सम्बन्ध राम्रो नभएको छिमेकीहरू बताउँछन्।

मृतक जयलालले जेठो छोरा भरत भण्डारीलाई करीब डेढ वर्ष अगाडि खुकुरी प्रहार गरेका थिए। त्यसपछि जेठो छोराले बुवाका विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। प्रहरी हिरासतमा रहेका जयलाल पछि धरौटीमा छुटेका थिए।

मृतक भण्डारी दम्पतीको महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टमपछि भण्डारीका दुबै छोराले दाहसंस्कार गरेका छन्।

" /> काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा धारिलो हतियार प्रहार गरी  हत्या गरिएका एक दम्पतीको हत्याको चारदिन बितिसक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न सकेको छैन।

"> दम्पती हत्या प्रकरणः सीआईबीसहितका चार टोली अनुसन्धानमा,  हत्याराको पहिचान भएन: Dekhapadhi
दम्पती हत्या प्रकरणः सीआईबीसहितका चार टोली अनुसन्धानमा,  हत्याराको पहिचान भएन

प्रतिक्रिया दिनुहोस्