बालकुमारी आगलागी अपडेट: हस्तकला गोदाममा ५० लाखको क्षति
काठमाडौं। बालकुमारीस्थित एक घरमा आज बिहान भएको आगलागीबाट करीब ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ।

काठमाडौं महानगरपालिका-१२ बालकुमारी पुलनजिकै सुरेश श्रेष्ठको घरको तेस्रो तलामा रहेको हस्तकला सामाग्री राखिएको गोदाममा आगलागी भएको हो।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार हस्तकलाका सामाग्रीको उद्योग सञ्चालन गर्ने दिलमाया खड्काको गोदाममा आगलागी भएको हो।

प्रहरी, स्थानीयवासी र दमकलले आगो नियन्त्रणमा लिएका हुन्।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्