महोत्तरीमा पूर्व शिक्षकमाथि गोली प्रहार, शंकास्पद एकजना पक्राउ
काठमाडौं। महोत्तरीमा आज बिहानै एक व्यक्तिलाई गोली हानिएको छ।

मनरासिसवा नगरपालिका-३, का  ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ। यादव रिटायर्ड शिक्षक हुन्।

शौचालय निस्किएका यादवलाई बिहान २ बजेतिर गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले देखापढीलाई जानकारी दिए।

"छातिमुनि गोली लागेको छ। जनकपुरस्थित जानकी केयर अस्पतालमा उपचार भइरहेको छ। उहाँ खतरामुक्त हुनुहुन्छ", बुढाथोकीले भने।

घटनास्थलबाट चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

यादवमाथि गोली प्रहार गरेको आशंकामा शंकास्पद एक व्यक्ति महोत्तरीकै गौशालाबाट केही बेरअघि पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्