एसीसी ट्वान्टी-२० इस्टर्न रिजन: हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं। एसीसी ट्वान्टी-२० इस्टर्न रिजनमा आज नेपालले हङकङबिरुद्ध टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका हुन्।

ट्वान्टी-२० क्रिकेटमा नेपाल र हङकङ आठ पटक आमने सामने भएका छन्। जसमा नेपाल र हङकङले समान चार चार खेल जितेका छन्।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो। नेपालले मलेसियासँग खेलेको टीममा कुनै परिवर्तन गरेको छैन।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान) दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फ।

प्रतिक्रिया दिनुहोस्