भारत दुर्घटनाका मृतक तीर्थयात्री र घाइते परिवारलाई इटहरी उपमहानगरपालिकाको जनही २५ हजार राहत

इटहरी। भारतमा तीर्थयात्री चढेको बस दुर्घटनामा मृतक र घाईते भएका परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

२३ माघमा ३५ दिनको यात्रामा निस्किएका नेपाली तीर्थयात्री चढेको बस ७ फागुन राति बैंलुरुमा दुर्घटना भएको थियो।

दुर्घटनामा मृत्यु भएका इटहरी-१० का ६ सहित सातजना र घाइते दुईजनाको परिवारलाई जनही राहतस्वरूप २५ हजार रूपैयाँ दिइएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन्।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र उपमेयर गौतमले ती परिवारको घरमा पुगेर रकमको चेक दिएका छन्।

दुर्घटनामा मृत्यु भएकाको शव र घाइते ल्याउने खर्चको व्यवस्था इटहरी उपमहानगरपालिकाले नै गरेको थियो।

प्रतिक्रिया दिनुहोस्