सिरहामा जीप दुर्घटना हुँदा २१ जना घाइते, दुईजनाको अवस्था गम्भीर <p>सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका&ndash;७ मा आज साँझ यात्रुवाह जीप दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर छ।</p> <p>आज साँझ पौने ७ बजे ना १ ज ६४५८ नम्बरको जीपको पछाडि बायाँतर्फको चक्का फुस्किएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो।</p> <p>गम्भीर घाइते भएका २५ वर्षीय गोपाल दास र २३ वर्षीय दीपेश दासलाई थप उपचारका लागि विराटनगर नर्सिङ होम पठाइएको अस्थायी प्रहरी पोष्ट कसहराले जनाएको छ। उनीहरूको ठेगाना खुल्न सकेको छैन।</p>
प्रतिक्रिया दिनुहोस्