काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरसको संक्रमण कायमै रहे अर्को महीना हुने अन्तर्राष्ट्रिय फुटबलको खेल तालिकामा फेरबदल हुन सक्ने संकेत गरेका छन्।

मार्चको अन्तिम साता विश्वकप छनोट, युरो २०२० को छनोट तथा मैत्रीपूर्ण खेल तालिका छन्। तर, फिफा अध्यक्ष इन्फान्टिनोले फुटबलभन्दा पहिले स्वास्थ्य महत्त्वपूर्ण भएको बताएका छन्।

“कुनै पनि खेलभन्दा मान्छेको स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण हो”, फिफा अध्यक्ष इन्फान्टिनोले भने।

व्यावसायिक फुटबलरहरूको विश्व संगठन फिफ्प्रोले उच्च जोखिम वातावरणमा खेल्न खेलाडीहरू डराएको जनाएको छ। कोरोना भाइरस संक्रमणको डरका कारण थुप्रै खेल गतिविधि प्रभावित बने।

स्विट्जरल्यान्डको शीर्ष दुई डिभिजनका खेलहरू स्थगित भए। न्युक्यासल युनाइटेड र वेस्ट ह्यामले अभ्यास गर्दा खेलाडीबीच हात मिलाउन प्रतिबन्ध लगाएको छ।

इन्फान्टिनोले अर्को महीना हुने अन्तर्राष्ट्रिय खेल तालिकामा परिवर्तन नगर्ने विश्वास लिएका छन्। तर, उनले थपे, “तर यो परिस्थितिलाई नजरअन्दाज गर्न सकिँदैन। त्यसैले त्यो बेला कस्तो परिस्थिति बन्छ हेरौं। आशा गरौं भाइरसको संक्रमण घट्नेछ। संक्रमण बढ्दै गए खेल तालिका परिवर्तन गर्ने वा बिना दर्शक खेल्ने सोच्नुपर्छ।”

" /> काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरसको संक्रमण कायमै रहे अर्को महीना हुने अन्तर्राष्ट्रिय फुटबलको खेल तालिकामा फेरबदल हुन सक्ने संकेत गरेका छन्।

मार्चको अन्तिम साता विश्वकप छनोट, युरो २०२० को छनोट तथा मैत्रीपूर्ण खेल तालिका छन्। तर, फिफा अध्यक्ष इन्फान्टिनोले फुटबलभन्दा पहिले स्वास्थ्य महत्त्वपूर्ण भएको बताएका छन्।

“कुनै पनि खेलभन्दा मान्छेको स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण हो”, फिफा अध्यक्ष इन्फान्टिनोले भने।

व्यावसायिक फुटबलरहरूको विश्व संगठन फिफ्प्रोले उच्च जोखिम वातावरणमा खेल्न खेलाडीहरू डराएको जनाएको छ। कोरोना भाइरस संक्रमणको डरका कारण थुप्रै खेल गतिविधि प्रभावित बने।

स्विट्जरल्यान्डको शीर्ष दुई डिभिजनका खेलहरू स्थगित भए। न्युक्यासल युनाइटेड र वेस्ट ह्यामले अभ्यास गर्दा खेलाडीबीच हात मिलाउन प्रतिबन्ध लगाएको छ।

इन्फान्टिनोले अर्को महीना हुने अन्तर्राष्ट्रिय खेल तालिकामा परिवर्तन नगर्ने विश्वास लिएका छन्। तर, उनले थपे, “तर यो परिस्थितिलाई नजरअन्दाज गर्न सकिँदैन। त्यसैले त्यो बेला कस्तो परिस्थिति बन्छ हेरौं। आशा गरौं भाइरसको संक्रमण घट्नेछ। संक्रमण बढ्दै गए खेल तालिका परिवर्तन गर्ने वा बिना दर्शक खेल्ने सोच्नुपर्छ।”

"> अन्तर्राष्ट्रिय फुटबलको खेल तालिकामा फेरबदल हुन सक्ने संकेत: Dekhapadhi
अन्तर्राष्ट्रिय फुटबलको खेल तालिकामा फेरबदल हुन सक्ने संकेत
काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना भाइरसको संक्रमण कायमै रहे अर्को महीना हुने अन्तर्राष्ट्रिय फुटबलको खेल तालिकामा फेरबदल हुन सक्ने संकेत गरेका छन्।

मार्चको अन्तिम साता विश्वकप छनोट, युरो २०२० को छनोट तथा मैत्रीपूर्ण खेल तालिका छन्। तर, फिफा अध्यक्ष इन्फान्टिनोले फुटबलभन्दा पहिले स्वास्थ्य महत्त्वपूर्ण भएको बताएका छन्।

“कुनै पनि खेलभन्दा मान्छेको स्वास्थ्य सबभन्दा महत्त्वपूर्ण हो”, फिफा अध्यक्ष इन्फान्टिनोले भने।

व्यावसायिक फुटबलरहरूको विश्व संगठन फिफ्प्रोले उच्च जोखिम वातावरणमा खेल्न खेलाडीहरू डराएको जनाएको छ। कोरोना भाइरस संक्रमणको डरका कारण थुप्रै खेल गतिविधि प्रभावित बने।

स्विट्जरल्यान्डको शीर्ष दुई डिभिजनका खेलहरू स्थगित भए। न्युक्यासल युनाइटेड र वेस्ट ह्यामले अभ्यास गर्दा खेलाडीबीच हात मिलाउन प्रतिबन्ध लगाएको छ।

इन्फान्टिनोले अर्को महीना हुने अन्तर्राष्ट्रिय खेल तालिकामा परिवर्तन नगर्ने विश्वास लिएका छन्। तर, उनले थपे, “तर यो परिस्थितिलाई नजरअन्दाज गर्न सकिँदैन। त्यसैले त्यो बेला कस्तो परिस्थिति बन्छ हेरौं। आशा गरौं भाइरसको संक्रमण घट्नेछ। संक्रमण बढ्दै गए खेल तालिका परिवर्तन गर्ने वा बिना दर्शक खेल्ने सोच्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्