"> कांग्रेस सभापति देउवाद्वारा पार्टीका १३ विभाग प्रमुख मनोनयन, संगठन विभाग गोपालमान श्रेष्ठलाई: Dekhapadhi
कांग्रेस सभापति देउवाद्वारा पार्टीका १३ विभाग प्रमुख मनोनयन, संगठन विभाग गोपालमान श्रेष्ठलाई
काठमाडौं। नेपाली कांग्रेसको महाधिवेसन भएको ६ महिनाभित्र गठन गर्नुपर्ने पार्टीका विभिन्न विभागको प्रमुखमा सभापति शेरबहादुर देउवाले चार वर्षपछि मनोनयन गरेका छन्।

देउवाले आज १३ विभागका प्रमुख मनोनयन गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन्।

देउवाले संगठन विभाग प्रमुखको जिम्मेवारी गोपालमान श्रेष्ठलाई दिएका छन्। त्यसतै संघीय मामिला तथा प्रदेश समन्वय विभाग प्रमुखमा रमेश रिजाल मनोनित भएका छन्।

मुस्लिम विभागमा फरमूल्लाह मन्सूर, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी, वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना र तराई-मधेश समन्वय विभागमा अजयकुमार चौरसियालाई मनोनित गरिएको हो।

त्यस्तै सभापति देउवाले यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादव, तरुण विभागमा शंकर भण्डारी, आदिवासी जनजाति विभागमा सीता गुरुङ र नेपाली

जनसम्पर्क समिति समन्वय विभागमा गोविन्द भट्टराईलाई मनोनित गरेका छन्।

प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका देउवाले उद्योग व्यापार विभागमा चिनकाजी श्रेष्ठ र श्रमिक तथा ट्रेड युनियन विभागमा शिवप्रसाद हुमागाँइलाई छानेका छन्।

त्यस्तै देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमिन्त्रत सदस्य मनोनित गरेका छन्।

दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत र सुधीरकमुार शिवाकोटी, धनकुटाका मनोहरनारायण श्रेष्ठ र तनहुँका ध्रुव आले त्यसरी आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्