काठमाडौं। चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग-२०२० का लागि आज दुई विदेशी खेलाडी टिमोथी हेज डेबिड र जेम्स फुलरलाई अनुबन्ध गरेको छ।
टिमोथी सिंगापुर राष्ट्रिय क्रिकेट टीमका कप्तान हुन्। सिंगापुरमा जन्मिएका टिमोथीले क्रिकेट भने अस्ट्रेलियामा खेले। उनले बिग बास लिगमा २०१७/१८ को सिजन पर्थ स्कोचर्सबाट ट्वान्टी-२० डेब्यू गरेका थिए। २२ जुलाई २०१९ मा उनले कतारविरूद्धको खेलमा सिंगापुरबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।
शीर्ष क्रमका ब्याट्सम्यान टिमोथीले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १४९ को स्ट्राइक रेट तथा ३८ को औसतमा रन बनाएका थिए। त्यसमा उनले नेपालविरुद्ध बनाएको अर्धशतक पनि सामेल छ।
सिंगापुरमै सम्पन्न आईसीसी विश्वकप एशिया रिजन फाइनल क्वालिफायरमा नेपालविरुद्ध ७७ रन बनाएका थिए। उनले १२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १७ छक्का र ३६ चौका हानेका छन्।
चितवनले अनुबन्ध गरको अर्को विदेशी खेलाडी हुन्, जेम्स फुलर। ३० वर्षे अलराउन्डर फुलरले ट्वान्टी-२० क्रिकेटमा ९६ रन लिएका छन्। उनले ट्वान्टी-२० क्रिकेटमा १४६.५५ स्ट्राइक रेटमा रन बनाएका छन्।
चितवनले यसअघि अफगानिस्तानका मोहम्मद शाहजाद र पाउल स्टर्लिङलाई अनुबन्ध गरेको छ।
" /> काठमाडौं। चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग-२०२० का लागि आज दुई विदेशी खेलाडी टिमोथी हेज डेबिड र जेम्स फुलरलाई अनुबन्ध गरेको छ।टिमोथी सिंगापुर राष्ट्रिय क्रिकेट टीमका कप्तान हुन्। सिंगापुरमा जन्मिएका टिमोथीले क्रिकेट भने अस्ट्रेलियामा खेले। उनले बिग बास लिगमा २०१७/१८ को सिजन पर्थ स्कोचर्सबाट ट्वान्टी-२० डेब्यू गरेका थिए। २२ जुलाई २०१९ मा उनले कतारविरूद्धको खेलमा सिंगापुरबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।

">