कतार। अफगानिस्तानमा सशस्त्र संघर्षरत समूह तालिबान र अमेरिकाबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। यसले अमेरिकाको सबैभन्दा लामो युद्ध टुंग्याउने अपेक्षा गरिएको छ। करीब दुई वर्षको निरन्तरको वार्तापछि आज कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो।
अमेरिकी विशेष प्रतिनिधि जल्माय खलीलजाद र तालिबानी वार्ता टोली प्रमुख मुल्ला अब्दूल गनी बरादरले सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा अफगानिस्तानका कुटनीतिज्ञ, अमेरिका, भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रका प्रतिनिधि पनि उपस्थित थिए।
अफगानिस्तानमा ‘हिंसा अन्त्य गर्ने’ घोषणा भएको एक सातापछि शान्ति सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार अमेरिकाले १४ महीनाभित्रमा अफगानिस्तानबाट आफ्ना र साझेदार देशका सम्पूर्ण सेना फिर्ता गर्नेछ। पहिलो १३५ दिनमा अमेरिकाले सेनाको संख्या ८ हजार ६०० भन्दा तल झार्नेछ।
त्यसभन्दा घटाउँदै जाने प्रक्रिया भने तालिबानले सम्झौताका शर्त पालना गरेअनुसार हुनेछ। तालिबानले भविष्यमा अफगानिस्तानलाई ‘आतंकवादको आधार’ हुन नदिने प्रतिबद्धता जनाएको छ।
अफगान सरकारले पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्नुपर्ने छ भने तालिबानले पनि आफ्नो कब्जामा रहेका अफगानी सुरक्षा फौजका एक हजार जनालाई रिहा गर्नेछ।
अमेरिकाले आगामी तीन महीनाभित्रमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा तालिवानका सदस्यमाथिको प्रतिबन्ध फुकुवाका लागि कदम चाल्नेछ। साथै तालिबानले अफगानिस्तानमा अमेरिका र उसका साझेदार मुलुकका व्यक्ति वा समूहलाई धम्की दिने छैनन्। यो सम्झौतालाई मान्यता दिन अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई अनुरोध गर्नेछ।
अफगानी सरकारले आगामी एक महीनाभित्र तालिबानसँग वार्ता थाल्नेछ। अफगानिस्तानभित्रको यस्तो वार्ताले भविष्यमा अफगानिस्तानको राजनीतिमा तालिबानको भूमिका सुनिश्चित गर्नेछ।
१६ फागुन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वक्तव्यमार्फत् अफगानिस्तानलाई शान्ति प्रक्रियामार्फत् देशका लागि नयाँ भविष्य खोज्न आग्रह गरेका थिए।
११ सेप्टेम्बर २००१ मा अमेरिकी ट्वीन टावरमाथिको आक्रमणकारी खोज्न भन्दै अमेरिकाले अफगानिस्तानमा सेना पठाएको थियो। ट्रम्पले आफूले कार्यभार सम्हालेपछि शान्ति सम्झौता गरी सेना स्वदशे फिर्ता ल्याउने वाचा अमेरिकी जनतासँग गरेको उल्लेख गर्दै उनले त्यसै अनुसार काम भएको बताएका छन्।
" /> कतार। अफगानिस्तानमा सशस्त्र संघर्षरत समूह तालिबान र अमेरिकाबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। यसले अमेरिकाको सबैभन्दा लामो युद्ध टुंग्याउने अपेक्षा गरिएको छ। करीब दुई वर्षको निरन्तरको वार्तापछि आज कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो।अमेरिकी विशेष प्रतिनिधि जल्माय खलीलजाद र तालिबानी वार्ता टोली प्रमुख मुल्ला अब्दूल गनी बरादरले सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा अफगानिस्तानका कुटनीतिज्ञ, अमेरिका, भारत, पाकिस्तान र संयुक्त राष्ट्रसंघका अन्य सदस्य राष्ट्रका प्रतिनिधि पनि उपस्थित थिए।

">