धनगढी। विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम–११ले पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनलमा स्थान बनाएको छ।
धनगढी रंगशालामा जारी प्रतियोगिताको चौथो संस्करणको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम ११ ले विभागिय टीम सशत्र प्रहरी बलको एपीएफ क्लबलाई २-१ ले निराश पारेको हो।
सुदूरपश्चिम–११ ले आठौं मिनेटमा विक्रमसिंहको गोलबाट अग्रता लिएको थियो। कप्तान गजेन्द्र शाहीको पासलाई विक्रमले पोष्टको दिशा दिएका थिए। त्यसको तीन मिनेट नवित्दै विक्रमले सुदूरपश्चिम–११ को अग्रता दोब्बर बनाए।
जारी प्रतियोगितामा विक्रमसिंहको यो चौथो गोल हो। यसअघि उनले कंचनजंघा एफसीलाई हराउँदा पनि दुई गोल गरेका थिए। २५औं मिनेटमा आशिष लामाको गोलबाट एपीएफले पुनरागमनको संकेत गरेको थियो। तर सफल हुन सकेन।
सुदूरपश्चिम–११ यस प्रतियोगिताको फाइनल प्रवेश गरेको यो पहिलो पटक हो। साथै सुदूरपश्चिम–११ ले दोस्रो संस्करणमा एपीएफसँग सेमिफाइनलमै व्यहोरेको हारको बदला लिन पनि सफल भएको छ।
“हामीले शुरूबाटै आक्रमक रणनिती लिएका थियौ, त्यसमा हामी सफल पनि भयौं। दुई वर्षअघि हारेको याद छ। त्यसको इखले खेल्यौं,” सुदूरपश्चिम–११ का प्रशिक्षक रोहितकुमार चौधरीले भने, “विक्रमसिंहलाई जुन जिम्मेबारी दिइएका थियौं, त्यो उनले पूरा गरे। अग्रता लिए पनि खेलाडीले पहिलो हाफ दबाबमा खेले। दोस्रो हाफमा पूर्ण रुपमा आक्रामक रणनीति अपनायौं। विक्रमसिंहले केही राम्रा अवसर खेर फाले, अन्यथा गोलअन्तर झै बढ्थ्यो। फाइनलमा बलियो टिमसँग खेल्नुपर्छ। त्यहीअनुसार तयारी गर्नेछौं।”
सुदूरपश्चिम–११ ले अब उपाधिका लागि आइतबार हुने थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले टीम सम्हालिन नपाउदै दुई गोल खाएका कारण पराजित भोग्नु परेको बताए।
“हामीले सम्हालिन नपाउँदै दुइ गोल खायौं। त्यसले गाह्रो भयो,” एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले भने, “पहिलो हाफमा पाएका केही राम्रा अवसरको पनि सदुपयोग गर्न सकेनौं। त्यो हाम्रो लागि महंगो सावित भयो।”
एपीएफले शुरूमै गोलको अवसर पाएको थियो। नविन लामाले दिएको पासमा श्याम नेपालीले गरेको प्रहार थोरैले बाहिरिएको थियो। सुदूरपश्चिम–११ ले ४८औं मिनेटमा अग्रता बढाउने अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। विक्रमसिंहले विनोदको पासमा गरेको प्रहार फ्रेममा पर्न सकेन। इन्जुरी समयमा विक्रमले दुई पटक ‘वान भर्सेस वान’मा गोल गर्न सकेनन्।
" /> धनगढी। विक्रमसिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम–११ले पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनलमा स्थान बनाएको छ।धनगढी रंगशालामा जारी प्रतियोगिताको चौथो संस्करणको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम ११ ले विभागिय टीम सशत्र प्रहरी बलको एपीएफ क्लबलाई २-१ ले निराश पारेको हो।

">