बाँके। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके-बर्दियाले लिनुपर्ने बताएका छन्।
बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उनले यस्ताे बताएका हुन्।
मुख्यमन्त्री पाेखरेलले भेरी-बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुने भएकाले सिँचाइको उपयोगबाट बाँके र बर्दियावासीले अब आधुनिक कृषि क्रान्तिको नेतृत्व लिन सक्नुपर्ने बताए।
“राज्यले अर्बौ लगानी गरेर सिँचाइको व्यवस्था गरिरहेको छ, अब जग्गा जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ”, मुख्यमन्त्री पोखरेलले भने, “भेरीको पानी बबई हुँदै बर्दियाका खेतमा पुगेको छ, सिक्टा सिँचाइले बाँकेको जमिन सिँचाइ हुँदैछ, अब व्यावसायिक कृषितर्फ लागाैं।”
बाँके-बर्दियाका खेतीयोग्य जमिन बाँझै रहने गरेको प्रसङ्ग जोड्दै उनले आधुनिक प्रविधिबाट खेती किसानी गर्नुपर्नेमा जोड दिए। “कृषि कर्म गर्न धेरै जमिन चाहिँदैन, थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ, त्यसका लागि आधुनिक प्रविधि र इच्छाशक्ति चाहिन्छ”, उनले भने।
बाँकेको खजुरा क्षेत्रको बस्ती इजरायली रूपबाट बनेको भएता पनि कृषिमा प्रगति नदेखिएको बेला स्थापना भएको कृषि विद्यालयले बाँके र बर्दियाका किसानलाई विद्यार्थीमार्फत् प्रविधि र सीपको विकास गराउनुपर्ने उनको भनाइ छ। रासस
" /> बाँके। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके-बर्दियाले लिनुपर्ने बताएका छन्।बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उनले यस्ताे बताएका हुन्।

">