काठमाडौं। फेरि एकपटक ब्याटिङमा निरिह हुँदा एसीसी ट्वान्टी–२० इस्टर्न रिजन–२०२० प्रतियोगतामा नेपालले आज मलेसियालाई २२ रनको नतिजा सुम्पिएको छ।
सेद अजिज सेद मुबारकले अर्धशतक बनाएपछि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो। १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनउन सक्यो।
नेपालले शुरूमै दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल शून्यमा पवेलिन फर्किए भने पूर्व कप्तान पारस खड्का नौ रन बनाएर आउट भएपछि नेपाल दबाबमा पर्याे।
तर, ज्ञानेन्द्र र दीपेन्द्रसिंहले नेपालको इनिङ उकासेका हुन्। यी दुईले तेस्रो विकेटका लागि ५९ बलमा ६७ रन बनाएपछि नेपालको आशा पलाएको थियो। तर, ज्ञानेन्द्र ३३ बलमा ३८ रन तथा दीपेन्द्रसिंह ४० बलमा ३८ रन बनाएर आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो।
ज्ञानेन्द्र आउट भएपछि दीपेन्द्रसिंह र पवन सर्राफले चौथो विकेटका लागि २१ रनको साझेदारी गरे। त्यसपछि नेपालका कुनै पनि ब्याट्सम्यानले ठुलो साझेदारी गर्न सकेनन्। अन्तिम ओभरमा त झन नेपालले तीन विकेट गुमायो। पवनले १९ रन बनाउनु बोहक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियाका शर्भिन मुनिएन्दीले १३ रन दिएर चार विकेट लिए। पवनदीप सिंह, सेज्रुल इजात इद्रुस र खिजर हायत दुर्रानीको नाममा समान दुई विकेट रह्यो।
त्यसअघि नेपालका लेग स्पिनर सन्दीपले सुरूमै ओपनर विरन्दीप सिंह र खिजर हायत दुर्रानीलाई पवन सर्राफमार्फत क्याच गर्दै मलेसियामाथि दबाब सिर्जना गरेका थिए। २.२ ओभरमा विरन्दीपलाई पवेलियनको बाटो देखाएका सन्दीपले लगत्तै अर्को बलमा दुर्रानीलाई आउट गरे।
त्यसपछि मोहम्मद अनवार अरूदीन र अहमद फैज मोहम्मद नूरले तेस्रो विकटका लागि ३८ रनको साझेदारी गर्दै मलेसियाको इनिङ उकासे।
नवौं ओभरका पाँचौं बलमा सन्दीपले अनवार अरूदीनलाई पनि पवनमार्फत क्याच गर्दै पवेलियनको बाटो देखाए। अनवार अरूदीन आउट हुँदा मलेसिया ५३–३ को स्थितिमा थियो।
अनवार अरूदीनले ३१ रन बनाए भने विरन्दीपले तीन रन बनाए। दुर्रानीले रनको खाता खोल्न सकेनन्।
मोहम्मद नूर र सेद अजिज सेद मुबारकले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेर मलेसियालाई सम्मानजनक स्कोरतर्फ डोहर्याए। ३० रन बनाएका मोहम्मद नूरलाई अभिनाष बोहराले बोल्ड गरे।
अभिनाष बोहराले लगत्तै एक रन बनाएका मोहम्मद अरिफ जमाल्दीनलाई पनि बोल्ड गरे।
त्यसपछि सेद मुबारक र अमिनुद्धिन रामलेले छैटौं विकेटका लागि ६३ रनको साझेदारी गरेपछि मलेसिया १५० माथिको योगफल बनाउन सफल भएको हो।
२९ रन बनाएका अमिनुद्धिन रामलेलाई करण केसीले पवनमार्फत क्याच गरे। पवनको चौथो क्याच हो।
सेद मुबारक ५१ तथा शर्भिन मुनिएन्दी १ रनमा अविजित रहे।
नेपालका सन्दीपले चार ओभरमा २२ रन दिएर तीन विकेट लिए भने अभिनाषले चार ओभरमा ३९ रन द्रिएर दुई विकेट लिए। करणले चार ओभरमा २९ रन दिएर एक विकेट लिए। पारस खड्का, पवन सर्राफ र सुशन भारीले विकेट लिन सकेनन्।
" /> काठमाडौं। फेरि एकपटक ब्याटिङमा निरिह हुँदा एसीसी ट्वान्टी–२० इस्टर्न रिजन–२०२० प्रतियोगतामा नेपालले आज मलेसियालाई २२ रनको नतिजा सुम्पिएको छ।सेद अजिज सेद मुबारकले अर्धशतक बनाएपछि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो। १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनउन सक्यो।

">