काठमाडौं। लामो समयदेखी नेपाली क्रिकेटमा सबभन्दा धेरै परिक्षण ओपनिङ ब्याटिङमा गरियो। जुन अहिले पनि जारी छ। तर, फेरि पनि नेपालको ओपनिङ साझेदारी सफल हुन सकेन।
एसीसी ट्वान्टी–२० इस्टर्न रिजन २०२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ३.१ ओभर सकिदा नेपालले दुई विकेट गइसकेको थियो।
नेपालले आज कुशल मल्ल र कप्तान ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाएको थियो। तर, कुशल रनको खाता नखोली पवेलियन फर्किए। नेपालमै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा राम्रो प्रदर्शन गरेपछि कुशलमाथिको अपेक्षा ह्वात्तै बढेको थियो।
आईसीसी क्रिकेट विश्वकप लिग–२ कुशलले सबभन्दा सानो उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान पनि बनाए।
पछिल्ला प्रतियोगितामा नेपालको ओपनिङ कप्तान ज्ञानेन्द्र र पुर्व कप्तान पारस खड्काले सम्हालिरहेका थिए। तर, मध्यक्रममा जमेको पारस ज्ञानेन्द्रको जोडी ओपनिङमा पनि जम्न सकेन। आज मलेसियाविरुद्ध कुशललाई प्रयोग गरियो। तर, १५ वर्षे कुशलले त्यो दबाब झेल्न सकेनन्। कुशल दुई बल खेलेर पवेलियन फर्किए। चौथो ओभरको पहिलो बलमा पारस खड्का पनि नौ रन बनाएर आउट भए।
दश ओभर सकिँदा नेपाल ७३–२ को स्थितिमा छ। कप्तान ज्ञानेन्द्र ३२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी २३ रन बनाएर खेलिरहेका छन्।
" /> काठमाडौं। लामो समयदेखी नेपाली क्रिकेटमा सबभन्दा धेरै परिक्षण ओपनिङ ब्याटिङमा गरियो। जुन अहिले पनि जारी छ। तर, फेरि पनि नेपालको ओपनिङ साझेदारी सफल हुन सकेन।एसीसी ट्वान्टी–२० इस्टर्न रिजन २०२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ३.१ ओभर सकिदा नेपालले दुई विकेट गइसकेको थियो।

">