एसीसी इस्टर्न रिजन ट्वान्टी–२०ः बलिङ गर्दै नेपाल

काठमाडौं। एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगितामा मलेसियाले पहिले ब्याटिङ गरिरहेको छ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। यससँगै नेपालले पहिले बलिङ गर्ने भएको हो। एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगिता खेल्दैछ। जुन एशिया कपको छनोट प्रतियोगितासमेत हो। दुई देशबीच भएको पछिल्लो पाँच ट्वान्टी–२० खेलमा नेपाल विजयी भएको छ।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान), विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, पारस खड्का, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहरा, सुशन भारी, पवन सर्राफ

प्रतिक्रिया दिनुहोस्