काठमाडौं। हिंजोआज पाकिस्तान फट्याङ्ग्राको आक्रमणबाट आक्रान्त छ। पाकिस्तानको हैरानी हटाउन चीनले १ लाख हाँस पठाउने भएको छ।
यसै महीना पाकिस्तानले फट्याङ्ग्राहरूको हमलालाई आपतकालिन घोषणा गरेको थियो। पछिल्ला दुई दशकमा पाकिस्तानलाई यो पटक फट्याङ्ग्राले सबैभन्दा धेरै सताएको छ।
पाकिस्तानलाई फट्याङ्ग्राको समस्यासँग जुध्न हाँस नै किन त ? किनभने एउटा हाँसले दैनिक २ सयवटा सम्म फट्याङ्ग्रा खान सक्छ। जुन कीटनाशक औषधिभन्दा प्रभावकारी हुन्छ। यद्यपी एक शोधकर्ताले यो योजनामा प्रश्न उठाएका छन्।
पाकिस्तानका लावा भारतका कतिपय क्षेत्रमा पनि फट्याङ्ग्राको झुन्डले खेतीबाली नोक्सान गरिरहेको छ। पूर्वी आफ्रिकामा पनि दशौं लाख फट्याङ्ग्राले अन्नबाली स्वाहा पारिरहेका छन्।
चीन सरकारले यसै हप्ता फट्याङ्ग्राहरूको आक्रमणसँग जुध्ने योजना बनाउन विशेषज्ञको टोली पठाउन लागेको जानकारी दिएको थियो। झेझियाङ प्रान्तका एकेडेमी अप एग्रीकल्चर साइन्सनेसका बरिष्ठ शोधकर्ता लु लिझीका अनुसार फट्याङ्ग्रा नियन्त्रण गर्न हाँसहरूले जैविक हतियारसरह काम गर्नेछन्।
लुका अनुसार यसै महिना पश्चिमी शिनजियाङ्मा हाँसको परीक्षण गरिनेछ। र, त्यसपछि पाकिस्तानको सिन्ध, ब्लुचिस्तान र पन्जाब प्रान्तमा पठाइनेछ।
यसअघि सन् २००० मा चीनले शिनजियाङ् प्रान्तमा पनि फट्याङ्ग्राहरूसँग जुध्न ३० हजार हाँस पठाएको थियो।
" /> काठमाडौं। हिंजोआज पाकिस्तान फट्याङ्ग्राको आक्रमणबाट आक्रान्त छ। पाकिस्तानको हैरानी हटाउन चीनले १ लाख हाँस पठाउने भएको छ।

">