काठमाडौं। नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।
चलचित्र ‘धुपौरै’मा काम गर्ने सहमति गरेर पनि काम नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ठाडो उजुरी परेको हो।
ठाडो उजुरी परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले थप अनुसन्धान भइरहेको बताए।
फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिका तर्फबाट निर्माताद्वय जयन श्रेष्ठ र रुपेश खड्कीले अनमोलविरुद्ध उजुरी दिएका हुन्।
चलचित्र ‘धुपौरे’मा काम गर्ने सहमती गरेका अनमोलले अन्तिममा आएर चलचित्रबाट पछि हटेका थिए। अनमोलले उक्त चलचित्रबाट ५ लाख रूपैयाँ अग्रिम झुक्तानी लिएको र बिचमै भागेकोे निर्माताद्वयको आरोप छ।
अनमोलसँग निर्माण टीमले ३ असोजमा ४० लाख पारिश्रमिक दिनेगरी सम्झौता गरेको थियो। सोहीअनुरूप ५ लाख रूपैयाँ ‘एडभान्स’ दिइएको थियो। तर, अनमोलले काम नगरेपछि निर्माताहरू कानूनी प्रक्रियामा गएका हुन्।
प्रहरीमा ठाडो उजुरी परेको र चलचित्र विकास बोर्डमार्फत् मुद्दा सल्टाउने प्रयास भइरहेको डीएसपी बोगटीले बताए। आपसमा छलफल गराएर मुद्दाको टुंगो लगाउने प्रयास भइरहेको उनको भनाइ छ।
यस्तै, उनले चलचित्रका लागि तय भएका अन्य कलाकार तथा प्राविधिकलाई समेत अग्रिम ३० लाख रूपैयाँ दिन लगाइ उनी भने सम्पर्कमा नआएको आरोप लगाएका छन्।
अनमोल यतिबेला झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ए मेरो हजुर–४ को छायांकनका क्रममा छन्। त्यसको छायांकन आजदेखि शुरू भएको छ।
“म चलचित्र छायांकनमा छु। जुन विषय आयो त्यसमा म अहिले केही पनि बोल्दिनँ”, उनले भने।
" /> काठमाडौं। नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ।चलचित्र ‘धुपौरै’मा काम गर्ने सहमति गरेर पनि काम नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ठाडो उजुरी परेको हो।

">