काठमाडौं। सरकारले स्वयंसेवक शिक्षकका लागि आवेदन खुला गरेको छ। शिक्षण अनुमति पत्र (लाइसेन्स) समेत नचाहिने गरी विद्यालयमा पढाउन एक हजार ५०० जना स्वयंसेवक शिक्षकका लागि आवेदन खुला गरेको हो।
शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि आज आवेदन खोलेको हो।
स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्। स्थानीय तहमा रही कार्य गर्न इच्छुक व्यक्तिले २५ फागुनसम्म आवेदन दिन सक्नेछन्।
अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउने केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले विद्यार्थी संख्या धेरै भएका तर, आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको बताए।
७५३ स्थानीय तहमध्ये ६६८ तहमा शिक्षक अभाव रहेकाले ती स्थानीय तहमा शिक्षकको अभाव कम गर्न स्वयंसेवक शिक्षक राख्न लागिएको सूचना अधिकारी दाहालको भनाइ छ।
चालू आर्थिक वर्षको बजेटमा ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने नारासहित स्वयंसेवक शिक्षक बजेटको व्यवस्था गरिएको थियो।
सेवा सुविधाः
स्वयंसेवक शिक्षकले मासिक निर्वाह भत्ता पाउनेछन्। सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक तह उत्तीर्ण गरेको शिक्षकलाई मासिक तलब २४ हजार प्रदान गरिनेछ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ।
त्यस्तै, स्नातकोत्तर गरेकाले सुगम क्षेत्रको विद्यालयमा पढाउँदा २६ हजार र दुर्गम क्षेत्रका विद्यालयमा पढाउँदा ३२ हजार रूपैयाँ मासिक निर्वाह भत्ता पाउनेछन्। स्वयंसेवक परिचालन कार्यविधि २०७६ अनुसार उनीहरूको सेवा सुविधा तोकिएको हो।
विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर नभए नियुक्ति स्वतः बदर हुनेछ। यस्ता शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा नहुने र जागिर छाड्नु परे दुई महीना अगाडि नै जानकारी दिनुपर्नेछ। स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्नेछ।
यस्ता शिक्षकले महीनामा एक दिन भई परिआउने र पर्व बिदा लिन पाउनेछन्।
" /> काठमाडौं। सरकारले स्वयंसेवक शिक्षकका लागि आवेदन खुला गरेको छ। शिक्षण अनुमति पत्र (लाइसेन्स) समेत नचाहिने गरी विद्यालयमा पढाउन एक हजार ५०० जना स्वयंसेवक शिक्षकका लागि आवेदन खुला गरेको हो।शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि आज आवेदन खोलेको हो।

">