हुम्ला। हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ। सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरबाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन्।

वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। २० भदौदेखि १० असोजसम्म २० दिन बन्द भएर मर्मत गरिएको विद्युत् फेरि अवरुद्ध बनेको हो। ठेकेदार र कार्यालय प्रमुखको चरम लापरबाहीले यी दुई गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपर्ने सिमकोट-२ का धनराशि बोहराले बताए।

पावर हाउस पछाडि रहेको पेनस्टक पाइप फुट्दा सिमकोट र खार्पुनाथका सेवाग्राही अन्धकारमा बस्न बाध्य हुनु परेको उनले जानकारी दिए। दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा चैत पहिलो साता एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समेत पठनपाठनमा समस्या भएको छ।

दुई महीना एसईईको ट्युशन लिए तापनि परीक्षा नजिक आउने समयमा विद्युत् अवरुद्ध हुँदा रातिको समयमा अध्ययन गर्न समस्या बनाएको हुम्ला मावि रायाबाट एसईई दिन सिमकोटमा परीक्षाको तयारी गरिरहेकी सीता रावलले गुनासो गरिन्।

यस्तै रलिङ्ग मावि बरगाउँबाट एसईई परीक्षा दिने विशाल भण्डारीले विद्युत् अवरुद्ध हुँदा आफूहरूलाई निकै समस्या बनाएको बताए। विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न प्रत्यक्ष समस्या पारेको छ। जिल्लामा सञ्चालित दुईवटा सामुदायिक रेडियोलाई समेत समस्या भएको छ। हिल्दुम वितरण केन्द्र भने कर्मचारीले मर्मत गरिरहेकाले मर्मत भएपछि विद्युत् सञ्चालनमा आउने जनाइएको छ। रासस

" /> हुम्ला। हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ। सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरबाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन्।

वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। २० भदौदेखि १० असोजसम्म २० दिन बन्द भएर मर्मत गरिएको विद्युत् फेरि अवरुद्ध बनेको हो। ठेकेदार र कार्यालय प्रमुखको चरम लापरबाहीले यी दुई गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपर्ने सिमकोट-२ का धनराशि बोहराले बताए।

पावर हाउस पछाडि रहेको पेनस्टक पाइप फुट्दा सिमकोट र खार्पुनाथका सेवाग्राही अन्धकारमा बस्न बाध्य हुनु परेको उनले जानकारी दिए। दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा चैत पहिलो साता एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समेत पठनपाठनमा समस्या भएको छ।

दुई महीना एसईईको ट्युशन लिए तापनि परीक्षा नजिक आउने समयमा विद्युत् अवरुद्ध हुँदा रातिको समयमा अध्ययन गर्न समस्या बनाएको हुम्ला मावि रायाबाट एसईई दिन सिमकोटमा परीक्षाको तयारी गरिरहेकी सीता रावलले गुनासो गरिन्।

यस्तै रलिङ्ग मावि बरगाउँबाट एसईई परीक्षा दिने विशाल भण्डारीले विद्युत् अवरुद्ध हुँदा आफूहरूलाई निकै समस्या बनाएको बताए। विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न प्रत्यक्ष समस्या पारेको छ। जिल्लामा सञ्चालित दुईवटा सामुदायिक रेडियोलाई समेत समस्या भएको छ। हिल्दुम वितरण केन्द्र भने कर्मचारीले मर्मत गरिरहेकाले मर्मत भएपछि विद्युत् सञ्चालनमा आउने जनाइएको छ। रासस

"> हुम्लाकाे सिमकोट क्षेत्र दुई दिनदेखि अन्धकार: Dekhapadhi
हुम्लाकाे सिमकोट क्षेत्र दुई दिनदेखि अन्धकार
हुम्ला। हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ। सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरबाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन्।

वितरण केन्द्रको खोलामा रहेको पावर हाउस भवन पछाडिको पेन स्टक पाइप फुट्दा दुई गाउँपालिकाका एक हजार ८०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। २० भदौदेखि १० असोजसम्म २० दिन बन्द भएर मर्मत गरिएको विद्युत् फेरि अवरुद्ध बनेको हो। ठेकेदार र कार्यालय प्रमुखको चरम लापरबाहीले यी दुई गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्नुपर्ने सिमकोट-२ का धनराशि बोहराले बताए।

पावर हाउस पछाडि रहेको पेनस्टक पाइप फुट्दा सिमकोट र खार्पुनाथका सेवाग्राही अन्धकारमा बस्न बाध्य हुनु परेको उनले जानकारी दिए। दुई दिनदेखि विद्युत् अवरुद्ध हुँदा चैत पहिलो साता एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीलाई समेत पठनपाठनमा समस्या भएको छ।

दुई महीना एसईईको ट्युशन लिए तापनि परीक्षा नजिक आउने समयमा विद्युत् अवरुद्ध हुँदा रातिको समयमा अध्ययन गर्न समस्या बनाएको हुम्ला मावि रायाबाट एसईई दिन सिमकोटमा परीक्षाको तयारी गरिरहेकी सीता रावलले गुनासो गरिन्।

यस्तै रलिङ्ग मावि बरगाउँबाट एसईई परीक्षा दिने विशाल भण्डारीले विद्युत् अवरुद्ध हुँदा आफूहरूलाई निकै समस्या बनाएको बताए। विद्युत् अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न प्रत्यक्ष समस्या पारेको छ। जिल्लामा सञ्चालित दुईवटा सामुदायिक रेडियोलाई समेत समस्या भएको छ। हिल्दुम वितरण केन्द्र भने कर्मचारीले मर्मत गरिरहेकाले मर्मत भएपछि विद्युत् सञ्चालनमा आउने जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्