‘अविवाहित’ मुख्यमन्त्री राईविरुद्ध अंश मुद्दा !

काठमाडौं। काठमाडौं जिल्ला अदालतमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा परेको छ।

दोलखाकी बालिका खड्काले राईसँग आफ्ने यसअघि नै बिहे भइसकेको दावी गर्दै १६ फागुनमा अंश मुद्दा दायर गरेको अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले देखापढीलाई बताए।

खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दावि गर्दै नाता कायम गरी अंश दिलाई पाउँ भन्दै मुद्दा हालेकी हुन्। खड्काले आफूलाई राईले दुव्र्यवहार र घरेलु हिंसा गरेको पनि आरोप लगाएकी छन्।

आफू २०७१ सालदेखि राईसँग सँगै रहेको दावी गरेकी खड्काले यसअघि राई सञ्चारमन्त्री हुँदा आफूलाई गोल्फुटारमा कोठा लिइ राखेको दावि गरेकी छन्।

अदालतका श्रेस्तेदार श्रेष्ठले मुद्दा दर्ता भएसँगै प्रतिवादी बनाइएका शेरधन राईलाई अदालतमा आएर आफ्नो कुरा राख्न भन्दै म्याद पठाइने बताए।

प्रतिवादी उपस्थित भएर आफ्नो कुरा राखेपछि मुद्दाको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्