काठमाडौं। कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ। काठमाडौं उपत्यकामै सबैभन्दा फराकिलो मध्येको सडक खण्ड हो यो। जापान सरकारको सहयोगमा बनेको उक्त सडक खण्ड अहिले सबैभन्दा धेरै दुर्घटना र ट्राफिक जाम हुने सडकको रूपमा चिनिन्छ।

सूर्यविनायकबाट कोटेश्वर पार गर्नुपर्दा सबै जसो यात्रु भन्ने गर्छन्, ‘अहो! कति बेला पुग्ने होला कोटेश्वर !’

विशेषगरी, सूर्यविनायकबाट कोटेश्वरतिरको लेनमा सबैभन्दा बढी ट्राफिक जाम हुने गरेको छ। उक्त सडक खण्डमा ट्राफिक प्रहरी पनि उत्तिकै हैरान छन्। बिरामी बोकेका एम्बुलेन्सहरू समेत लामो समय जाममा बस्नुपर्ने बाध्यता छ।

धुलिखेल हुँदै सिन्धुली–बर्दिबास भएर पूर्वी नेपालतर्फ जाने सवारीसाधन कोटेश्वर–सूर्यविनायक सडक खण्ड भएरै जान्छन्। बीपी राजमार्ग पूर्व जाने छोटो रूट भएका कारण पनि कोटेश्वर–धुलिखेल सडकमा सवारीको चाप बढी हुने गरेको छ।

त्यसबाहेक, अरनिको राजमार्ग र पुष्पलाल मार्ग भएर काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्ने सवारी पनि सोही सडक खण्डमा गुड्छन्। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अहिले पूर्णरूपमा सञ्चालन नहुँदा त्यसतर्फ जाने र आउने सवारी केही हदसम्म कम छ। यो नाका शुरू भएपछि त्यसको भार पनि यही सडकले धान्नुपर्छ।

सोही समस्यालाई दृष्टिगत गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस लेनको अवधारणा कार्यन्वयन शुरू गरेको छ।

प्रभावकारी सडक र सवारी व्यवस्थापनको अनिवार्य नियम हो, बस लेन। जसअन्तर्गत यात्रु बाहक बस र ठूला सवारी साधान एउटा लेनमा र तीब्र गतिमा चल्ने तथा साना सवारी साधन अर्को लेनमा चलाउनु पर्छ। ट्राफिक प्रहरी महाशाखाले पनि १४ फागुनदेखि सूर्यविनायक–कोटेश्वर सडक खण्डमा यही अभ्यास शुरू गरेको छ।

ट्राफिक प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन बनेको अध्ययन समितिको सुझावका आधारमा महाशाखाले बस लेनको अवधारणा कार्यन्वयन शुरू गरेको हो।

६ लेनको फराकिलो सडकमा पनि महीनामा करीब २०० को संख्यामा दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनमा नयाँ व्यवस्था लागू गरेको हो। यस्तो व्यवस्थाले ट्राफिक जामको समस्या हल गर्न पनि सहयोग पुग्ने र दुर्घटना पनि कम हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नयाँ अभियानको प्रचारप्रसारको लागि १० हजार पर्चा पम्पलेट छापेको छ। ८० वटा जानकारीमुलक बोर्डहरू सडकको दायाँ बायाँ राखिएका छन्। त्यसैगरी, १३ जना प्रहरीलाई प्ले–कार्ड बोक्न र प्रचारका लागि खटाइएको छ।

सूर्यविनायक–कोटेश्वर सडक खण्डलाई लेन अनुशासनमा देशकै नमुना सडक बनाउने र त्यसैलाई अन्यत्र पनि लागू गर्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाको योजना छ।

लेन अनुशासनको नियम अवज्ञा गर्ने सवारीसाधनलाई १५०० रूपैयाँसम्म जरिवाना गर्ने ट्राफिक प्रहरीले बताएको छ।

" /> काठमाडौं। कोटेश्वर–सूर्यविनायक सडक खण्ड ६ लेनको छ। काठमाडौं उपत्यकामै सबैभन्दा फराकिलो मध्येको सडक खण्ड हो यो। जापान सरकारको सहयोगमा बनेको उक्त सडक खण्ड अहिले सबैभन्दा धेरै दुर्घटना र ट्राफिक जाम हुने सडकको रूपमा चिनिन्छ।

सूर्यविनायकबाट कोटेश्वर पार गर्नुपर्दा सबै जसो यात्रु भन्ने गर्छन्, ‘अहो! कति बेला पुग्ने होला कोटेश्वर !’

विशेषगरी, सूर्यविनायकबाट कोटेश्वरतिरको लेनमा सबैभन्दा बढी ट्राफिक जाम हुने गरेको छ। उक्त सडक खण्डमा ट्राफिक प्रहरी पनि उत्तिकै हैरान छन्। बिरामी बोकेका एम्बुलेन्सहरू समेत लामो समय जाममा बस्नुपर्ने बाध्यता छ।

धुलिखेल हुँदै सिन्धुली–बर्दिबास भएर पूर्वी नेपालतर्फ जाने सवारीसाधन कोटेश्वर–सूर्यविनायक सडक खण्ड भएरै जान्छन्। बीपी राजमार्ग पूर्व जाने छोटो रूट भएका कारण पनि कोटेश्वर–धुलिखेल सडकमा सवारीको चाप बढी हुने गरेको छ।

त्यसबाहेक, अरनिको राजमार्ग र पुष्पलाल मार्ग भएर काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्ने सवारी पनि सोही सडक खण्डमा गुड्छन्। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अहिले पूर्णरूपमा सञ्चालन नहुँदा त्यसतर्फ जाने र आउने सवारी केही हदसम्म कम छ। यो नाका शुरू भएपछि त्यसको भार पनि यही सडकले धान्नुपर्छ।

सोही समस्यालाई दृष्टिगत गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस लेनको अवधारणा कार्यन्वयन शुरू गरेको छ।

प्रभावकारी सडक र सवारी व्यवस्थापनको अनिवार्य नियम हो, बस लेन। जसअन्तर्गत यात्रु बाहक बस र ठूला सवारी साधान एउटा लेनमा र तीब्र गतिमा चल्ने तथा साना सवारी साधन अर्को लेनमा चलाउनु पर्छ। ट्राफिक प्रहरी महाशाखाले पनि १४ फागुनदेखि सूर्यविनायक–कोटेश्वर सडक खण्डमा यही अभ्यास शुरू गरेको छ।

ट्राफिक प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन बनेको अध्ययन समितिको सुझावका आधारमा महाशाखाले बस लेनको अवधारणा कार्यन्वयन शुरू गरेको हो।

६ लेनको फराकिलो सडकमा पनि महीनामा करीब २०० को संख्यामा दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनमा नयाँ व्यवस्था लागू गरेको हो। यस्तो व्यवस्थाले ट्राफिक जामको समस्या हल गर्न पनि सहयोग पुग्ने र दुर्घटना पनि कम हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नयाँ अभियानको प्रचारप्रसारको लागि १० हजार पर्चा पम्पलेट छापेको छ। ८० वटा जानकारीमुलक बोर्डहरू सडकको दायाँ बायाँ राखिएका छन्। त्यसैगरी, १३ जना प्रहरीलाई प्ले–कार्ड बोक्न र प्रचारका लागि खटाइएको छ।

सूर्यविनायक–कोटेश्वर सडक खण्डलाई लेन अनुशासनमा देशकै नमुना सडक बनाउने र त्यसैलाई अन्यत्र पनि लागू गर्दै जाने महानगरीय ट्राफिक प्रहरी महाशाखाको योजना छ।

लेन अनुशासनको नियम अवज्ञा गर्ने सवारीसाधनलाई १५०० रूपैयाँसम्म जरिवाना गर्ने ट्राफिक प्रहरीले बताएको छ।

"> कोटेश्वर-सूर्यविनायक सडक खण्डमा शुरू भयो बस-ट्रकको छुट्टै लेन (भिडिओसहित) : Dekhapadhi
कोटेश्वर-सूर्यविनायक सडक खण्डमा शुरू भयो बस-ट्रकको छुट्टै लेन (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्