भोजपुर। जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ।

शल्यक्रिया गर्ने विषेशज्ञ चिकित्सक नहुँदा बन्द रहेको सेवा १५ फागुनदेखि सञ्चालनमा आएको हो। अस्पतालमा एमडिजिपी डा. अमितेषराज पाण्डे आएपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ।

डा. पाण्डेसहित जिल्ला अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठलगायत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको छ।

गत साउन अन्तिमदेखि शल्यक्रियाबाट गरिने प्रसूति सेवा बन्द थियो। अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालन भए पनि शल्यक्रियाबाट गरिने प्रसूति सेवाका लागि धरान, विराटनगर, काठमाडौंलगायत शहरका अस्पतालमा सिफारिस गर्नुपर्ने अवस्था थियो।

अस्पतालमा मासिकरूपमा ७ देखि सातसम्म महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका प्रमुख डा. श्रेष्ठले बताए।

“लामो समयदेखि बन्द रहेको सेवा अथक प्रयासपछि सञ्चालनमा ल्याउन पाउँदा धेरै खुशी लागेको छ, अब हाम्रा दिदीबहिनीले यहीँ राम्रो सेवा पाउने अवस्था बनेको छ”, उनले भने, “सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सबै सरोकारवाला पक्षलाई धन्यवाद भन्न चाहन्छु।”

सेवा बन्द भएको विषयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केही महीनाअघि स्थलगत अनुगमन गरेर सेवा सञ्चालनमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए। रासस

" />  भोजपुर। जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ।

"> भोजपुरमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा रोकिएको प्रसूति सेवा पुनः सञ्चालन  : Dekhapadhi
भोजपुरमा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा रोकिएको प्रसूति सेवा पुनः सञ्चालन
भोजपुर। जिल्ला अस्पतालमा शल्यक्रियाबाट गरिने प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ।

शल्यक्रिया गर्ने विषेशज्ञ चिकित्सक नहुँदा बन्द रहेको सेवा १५ फागुनदेखि सञ्चालनमा आएको हो। अस्पतालमा एमडिजिपी डा. अमितेषराज पाण्डे आएपछि सेवा सञ्चालन भएको अस्पतालले जनाएको छ।

डा. पाण्डेसहित जिल्ला अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठलगायत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको छ।

गत साउन अन्तिमदेखि शल्यक्रियाबाट गरिने प्रसूति सेवा बन्द थियो। अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालन भए पनि शल्यक्रियाबाट गरिने प्रसूति सेवाका लागि धरान, विराटनगर, काठमाडौंलगायत शहरका अस्पतालमा सिफारिस गर्नुपर्ने अवस्था थियो।

अस्पतालमा मासिकरूपमा ७ देखि सातसम्म महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका प्रमुख डा. श्रेष्ठले बताए।

“लामो समयदेखि बन्द रहेको सेवा अथक प्रयासपछि सञ्चालनमा ल्याउन पाउँदा धेरै खुशी लागेको छ, अब हाम्रा दिदीबहिनीले यहीँ राम्रो सेवा पाउने अवस्था बनेको छ”, उनले भने, “सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सबै सरोकारवाला पक्षलाई धन्यवाद भन्न चाहन्छु।”

सेवा बन्द भएको विषयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केही महीनाअघि स्थलगत अनुगमन गरेर सेवा सञ्चालनमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्