काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सामाजिक परम्पराअनुसार बिहे गरेका छन्। १५ फागुनमा काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका प्रियंका उनीहरूले आज बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा हिन्दू परम्पराअनुसार बिहे गरेका हुन्।
बिहेमा चलचित्रकर्मी, आफन्त, साथीभाइ र परिवारका सदस्य उपस्थित थिए। प्रियंका र आयुष्मानको बिहेपश्चात आजै बेलुकी भोज आयोजना गरिएको छ।
उनीहरूले दुई वर्षअघि इन्गेज्मेन्ट गरेका थिए।
चलचित्र ‘कथा काठमाण्डू’मा सँगै काम गर्ने क्रममा दुवैजनाबीच प्रेमको शुरुआत भएको थियो। त्यसपछि उनीहरूले चलचित्र ‘चंगा चेट’ र ‘प्रेम दिवस’मा सँगै काम गरेका थिए।
प्रियंका र आयुष्मानले बिहेअघि नै काठमाडौंमा नयाँ घरसमेत किनिसकेका छन्।
" /> काठमाडौं। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सामाजिक परम्पराअनुसार बिहे गरेका छन्। १५ फागुनमा काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका प्रियंका उनीहरूले आज बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा हिन्दू परम्पराअनुसार बिहे गरेका हुन्।बिहेमा चलचित्रकर्मी, आफन्त, साथीभाइ र परिवारका सदस्य उपस्थित थिए। प्रियंका र आयुष्मानको बिहेपश्चात आजै बेलुकी भोज आयोजना गरिएको छ।

">