बाँके। तपाईंलाई पाटेबाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्ज आउनुस्।

निकुञ्जको जीप सफारीमा जाने टोलीले बाघ देख्‍न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढेकाे छ।

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र छ।

स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ। त्यसैले बाँके निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन्।

निकुञ्जको जलसेनी र परुवाखोलाबीचको जङ्गलपथमै पाटेबाघ देखिन थालेकाे छ। “जङ्गलपथमै बाघ देखिएपछि पर्यटक खुशी भएका छन्”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, “बाघ हेर्नका लागि धेरै मिहिनेत गर्नुपर्दैन।”

गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गाइड कलबहादुर चौधरीले बताए।

“बाघ देखिँदा आनन्द महसुस हुने गरेको छ”, गाभर भ्याली घरवास (होमस्टे)का सञ्चालक कृष्ण चौधरीले भने, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटक खुशी हुन्छन्।”  निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य वृद्धि भएकाे र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरी बताउँछन्।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ। कैलाश मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटक नेपालगञ्ज आउने गर्दछन्।

नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकार बताउँछन्।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन्। यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ। त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ।

दुई वर्षअघि निकुञ्जमा जम्मा चारजना पर्यटक आएका थिए। आर्थिक वर्ष २०७५/७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ।

ती मध्ये १४८ आन्तरिक, ११ सार्क मुलुकका र एक विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए। निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ। नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रूपमा छनोट गरिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेशविन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उनले जानकारी दिए। “बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “कम खर्च र छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन्।” पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले बताए।

निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत मिलाइएको छ। मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरी बताउँछन्। आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास र निकुञ्जको महत्त्व बढ्दै गएको उनको अनुभव छ। निकुञ्ज वरिपरि तीन निजी थारू घरवास र १७ घरमा सामुदायिक घरवास सञ्चालित छन्।

गाभर घरवासले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका छन्। बिदाको दिन गाभर घरवासमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ। निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र घरवास बनिरहेका छन्। सरकारले बाघको संख्या दोब्बर बनाउने रणनीतिअनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ।

बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ। बाघका आहारा प्रजातिको संख्या उल्लेख्य रहेको छ। निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ। पर्यटकको आकर्षण बढाउन विभिन्न गतिविधि हुँदै आएका छन्।

निकुञ्जमा आइपुगे ‘सौराहगज’ र ‘चमचमकली’

पछिल्लो समय निकुञ्जमा दुई हात्ती थपिएको छ। पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुई हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए।  यसअघि निकुञ्जमा चार हात्ती थिए। नयाँ थपिएसँगै अब हात्तीको संख्या ६ पुगेको छ।

- काशीराम शर्मा /रासस

" /> बाँके। तपाईंलाई पाटेबाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्ज आउनुस्।

"> पाटेबाघ हेर्न बाँके निकुञ्ज जाऔं: Dekhapadhi
पाटेबाघ हेर्न बाँके निकुञ्ज जाऔं

प्रतिक्रिया दिनुहोस्