अमेरिकी दूतावासको नक्कली कर्मचारी बनेर ठगी !
काठमाडौं। आफूलाई अमेरिकी दूतावासको कर्मचारी बताउँदै अमेरिका पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भइ काठमाडौंको थलि बस्दै आएका ४१ वर्षीय केदार खडकालाई प्रहरीले पक्राउ गरेको हो।

खडकाले अमेरिकी दूतावासको नक्कली कर्मचारी परिचयपत्र पनि बनाएको थाहा भएको छ। ठगिएकाहरूलाई विश्वासमा लिन उनले नक्कली परिचयपत्र प्रयोग गर्दै आएका थिए। उनले दीपक कार्की र विकास खडका नाम राखेर परिचयपत्र बनाएका थिए।

खडकाबाट ठगिएकाहरूले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जानकारी दिएको छ।

अहिलेसम्म खडकाबाट ठगिएका १० जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन्। ती व्यक्तिहरूबाट खड्काले ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगी गरेको थाहा भएको छ।

पीडित मध्येका एक काठमाडौं बानियाँटारका भीमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन दूतावासको परिचयपत्र देखाउँदै आफूलाई त्यहाँको कर्मचारी भनेर चिनाएको बताए। उनले आफूसँगै अमेरिकी दूतावासमा काम गर्ने सहकर्मी भनेर मारिया भन्ने व्यक्तिको तस्वीर पनि खडकाले देखाएको बताए। त्यसैलाई विश्वास गर्दा आफू ठगिएको उनले बताए।

खडकाबाट ठगिएकी विन्दु बरालले एचआइभी एड्ससम्बन्धी कार्यक्रममा अमेरिका लैजाने भन्दै आफूलाई ठगिएको बताइन्। खडकाले बैंक र आइएमइबाट पैसा लिन नमान्ने भएकाले आफूहरूले नगद नै बुझाएको पनि पीडितहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्