जिउँदो सालकसहित दुईजना पक्राउ
<p>काठमाडौं। काठमाडौं महानगरपालिका–११, सुन्धाराबाट जिउँदो सालकसहित दुईजना पक्राउ परेका छन्।</p>
<p>सिन्धुपाल्चोक मेलम्ची–६ घर भई हाल ललितपुर चापागाउँ बस्ने टिके तामाङ (३३) र मकवानपुर कैलाश–५ घर भई हाल ललितपुर पाटनढोका बस्ने अनिस तामाङ (१९)लाई महानगरीय अपराध महाशाखा टेकुले १५ फागुनमा पक्राउ गरेको हो।</p>
<p>सालकसहित दुवैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
