काठमाडाैं। बच्चा बोकेकी एक महिलालाई प्रहरी निरीक्षकले लाठीचार्ज गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ।
नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान गर्न समिति बनाएको हो।
महानगरीय प्रहरी परिसर ललितपुरले एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
“बच्चा बोकेकी महिलामाथि लाठीचार्ज गरेको विषयमा हामीले अनुसन्धान शुरू गरिसकेका छौं”, उनले देखापढीसँग भने, “छानबिन समितिले प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही गर्छौं।”
ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा केही समूहले तोडफोड गर्न थालेको भन्ने सूचना आएपछि महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीबाट प्रहरीको टोली त्यहाँ पुगेको उनकाे भनाइ छ।
प्रहरी निरीक्षक पौडेलले पूर्व जर्नेलको घर घेर्ने समूहमा सहभागी हेमा श्रेष्ठलाई लाठीचार्ज गरेको भिडिओ भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न निर्देशन दिएपछि ललितपुर प्रहरीले छानबिन समिति बनाएको हो।
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नाम गरेकी महिलाबीच केहीदिन देखि भइरहेको विवादमा महिलाहरूको समूहले घर घेरिरहेका थिए।
“आज पनि त्यहाँ महिलाहरूको समूहले घर घेरिरहेको थियो”, प्रहरी स्रोतले भन्यो, “सोही समूहमा रहेकी आफूलाई अभियन्ता बताउने श्रेष्ठलगायतलाई त्यहाँबाट हटाउने क्रममा लाठी चार्ज भएको देखिन्छ।”
भिडिओमा प्रहरीले घरमा भेला भएका महिलाहरूलाई हटाउन खोजेको देखिन्छ। त्यहीबेला बच्चा काखीमा च्यापेर निस्कन लागेकी महिलालाई प्रहरी निरीक्षकले लाठीले हानेका छन्।
खत्री र शाहबीचको विवाद महानगरीय प्रहरी परिसर ललितपुरसम्म पुगेको थियो। यो विषयमा प्रहरीले पटक-पटक दुवै पक्षलाई राखेर छलफलसमेत गराइसकेको खुलेको छ।
ती महिलाले खत्री आफ्नो श्रीमान भएको दाबी गर्दै आइरहेकी छिन्। मानवअधिकारकर्मी बताउने महिलाहरूको एक समूहले केहीदिनदेखि खत्रीको घरमा धर्ना दिँदै आइरहेका थिए।
" /> काठमाडाैं। बच्चा बोकेकी एक महिलालाई प्रहरी निरीक्षकले लाठीचार्ज गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ।नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान गर्न समिति बनाएको हो।

">