काठमाडौं। प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव शुरू भएको छ।
डीएआर मुभिज एण्ड फिल्मस् प्रालिको आयोजनामा टुँडिखेलमा आजबाट शुरू भएको महोत्सव २० फागुनसम्म चल्नेछ।
महोत्सव संयोजक नवराज ढुंगानाले महोत्सवमा प्रत्यक्ष दोहोरी प्रतियोगिताको हुने बताए। जसका लागि ७४ टिमले सहभागिता जनाउनेछन्।
मौलिक काँठे गीतहरू अहिले मेलापातमा मात्र सीमित छन्। तिनीहरूको जगेर्ना गर्ने तथा डिजिटल बजारमा व्यावसायिकरूपमा अगाडि बढाउनु महोत्सवको उद्देश्य रहेको संयोजक ढुंगानाको भनाइ छ।
नेपाल भ्रमण वर्ष-२०२० को प्रवर्द्धन गर्नका लागि काँठ क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, खाना, वाद्यवादन, भेषभूषा, रहनसहन, हस्तकलालगायतको प्रवर्द्धनमा पनि महोत्सवले सहयोग पुर्याउने आयोजकको विश्वास छ।
काँठे दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख रूपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै दोस्रो हुनेलाई दुई लाख र तेस्रो हुनेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै सान्त्वना पुरस्कार ५० हजार, उत्कृष्ट गायक/गायिकालाई १०/१० हजार रूपैयाँ पुरस्कार दिइनेछ।
" /> काठमाडौं। प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव शुरू भएको छ।डीएआर मुभिज एण्ड फिल्मस् प्रालिको आयोजनामा टुँडिखेलमा आजबाट शुरू भएको महोत्सव २० फागुनसम्म चल्नेछ।

">