काठमाडौं। सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रूट सार्न माग गर्दै स्थानीयले निर्माणको काममा अवरोध गरेका छन्।

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं ८को बोच र ९को झिगानेमा स्थानीयले प्रसारण लाइनको लागि टावर निर्माण गर्न दिएका छैनन्। प्राधिकरणले उक्त क्षेत्रमा पाँच वटा टावर निर्माण गर्न सकेको छैन।
तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले आफ्नो जग्गाबाट प्रसारण लाइन लैजाँदा व्यवसाय प्रभावित हुने भन्दै बोचमा एउटा टावर निर्माण गर्न दिएको छैन।

प्रसारण लाइनको रूट सार्नु पर्ने र त्यसो नगरे मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउनु पर्ने माग राखी स्थानीयले झिगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन्।

स्थानीय सन्तोष तामाङले आफ्नो जग्गामा टावर निर्माण गर्न नदिएपछि निर्माण प्रभावित भएको हो। अन्य प्रभावितले पहिले तामाङको जग्गामा निर्माण गरेपछि मात्रै आफ्नो जग्गामा निर्माण गर्न दिने अडान राखेका छन्।

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिएको छ। १०७ वटा टावरको निर्माण पूरा भएको छ। ३२ किलोमिटर सिंगल सर्किट तार पनि टाँगिएको छ। प्रसारण लाइन निर्माणको काम  आगामी वैशाखभित्रमा सक्ने लक्ष्य विद्युत प्राधिकरणको छ।

दोलखाका सिंगटी खोला र तामाकोसी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजको विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जोड्न सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण भइरहेको छ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण प्रगतिको जानकारी लिन केही दिनअघि दोलखा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हटाउन छलफल गरेका थिए।

कार्यकारी निर्देशक घिसिङले दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्मालाई भेटी आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरेका छन्।

“सोही प्रशारण लाइनमा जोडिने गरी २५ मेगावाट क्षमताको सिंगटी खोला र अन्य केही आयोजनाहरूको निर्माण अन्तिम चरणमा पुगेको छ। तत्काल प्रशारण लाइन बनाउन नसक्दा पेनाल्टी वापत ठूलो रकम तिर्नुपर्छ”, घिसिङले प्रजिअ शर्मासँग भने, “महत्वपूर्ण र संवेदनशील आयोजनाको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न सहजीकरण गरिदिनु पर्यो।”

विकास निर्माणमा भइरहेका अवरोध हटाउन गृह मन्त्रालयले स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भने, “अवरोध गर्नेसँग आवश्यक छलफल गछौं, त्यसबाट सहमतिमा पुग्न सकिएन भने कानुनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्छौं।”

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिने बताए।

आयोजनाको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको कोरोना भाइरसले मेसिन जडानका लागि चिनियाँ प्राविधिक आउन नसक्दा काम प्रभावित भएकाले निर्माण सम्पन्न हुन केही समय लाग्ने बताए।

प्रसारण लाइनको निर्माणको काम आर्थिक वर्ष २०६५/६६ बाट शुरू भएको थियो। निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले आर्थिक संकट देखाउँदै काममा ढिलाइ गरेपछि उसको आधिकारिक नेपाल प्रतिनिधिलाई निर्माणको जिम्मा दिइएको थियो। अहिले भइरहेको अवरोध हटेर ठेकेदारले कामको गति बढाएमा वैशाख भित्र प्रशारण लाइन र सबस्टेसन निर्माणको काम सकिने आयोजना प्रमुख राजन ढुंगेलले बताए।

" /> काठमाडौं। सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको रूट सार्न माग गर्दै स्थानीयले निर्माणको काममा अवरोध गरेका छन्।

"> सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा हटेन अवरोध, कुलमानले मागे सीडीओको सहयोग: Dekhapadhi
सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा हटेन अवरोध, कुलमानले मागे सीडीओको सहयोग

प्रतिक्रिया दिनुहोस्