सुदूरपश्चिम देशको दाहिने आँखा र दाहिने हात हाे: राष्ट्रपति
कैलाली। राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश देशको दाहिने आँखा र दाहिने हात रहेको बताएकी छन्।

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले आज डडेल्धुरा पुगेर यस्ताे बताएकी हुन्।

उग्रतारादेवीको मन्दिरकाे दर्शन गरेकी राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेशमा विकासको धेरै सम्भावना भएकाे बताइन्।

राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० को सिलसिलामा दार्चुलाकाे मालिकार्जुन मन्दिर, बैतडीको निङ्लाशैनी मन्दिर र डडेल्धुराकाे  उग्रतारा मन्दिरको दर्शन गरेकाे बताइन्।

उनलाई अमरगढी नगरपालिका र उग्रतारा क्षेत्र विकास समितिले नागरिक अभिनन्दनसहित सम्मान गरेको थियो।

उग्रतारा भगवती मन्दिरमा करीब ४५ मिनेट बिताएकी राष्ट्रपति भण्डारीले पूजापाठसमेत गरिन्।

उग्रतारा वेदविद्याश्रममा अध्ययनरत बटुकहरूले संस्कृतमा राष्ट्रपतिको स्वागतस्वरूप स्वस्ती वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्