अचनेटार गंगाजमुना सल्यानकोट म्याराथन महोत्सव हुने

काठमाडौं। भ्रमण वर्षलाई सफल बनाउन र युवाहरूलाई विकासमा सहभागी गराउने उद्देश्यले २४ फागुनमा धादिङमा अचनेटार गंगाजमुना सल्यानकोट म्याराथन महोत्सव हुने भएको छ।

अचने उपभोक्ता समितिको आयोजनामा हुने महोत्सवमा भ्रमण वर्ष सम्बन्धी विभिन्न विषयमा छलफल हुने बताइएको छ।

म्याराथन महोत्सवमा स्थानीय र बाह्य गरी २०० भन्दा बढीको सहभागिता हुने आयोजकले बताएको छ।

समितिका संस्थापक राजन अधिकारी र समितिका अध्यक्ष विपीन अधिकारीले नागरिक स्तरबाट पनि सबै मिलेर देशका लागि काम गर्ने हो पाँच वर्षमै नेपाल हरेक हिसाबले समृद्ध हुने उल्लेख गरेका छन्।

देशका युवाहरूलाई स्वदेशमै परिचालन गर्ने गरी प्रभावकारी रूपमा काम भएमा युवाहरू विदेशिनु नपर्ने आयोजकको विश्वास छ।

युवाहरूले नवीन कार्यका लागि एकजुट हुनुपर्ने खाँचो रहेको संस्थापक अधिकारीले औंल्याए।

म्याराथन महोत्सवमा प्रथम हुनेलाई एक लाख , द्वितीय र तृतीय हुनेलाई ५०/५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्