२० हजार घुससहित धनुषामा वडासचिव पक्राउ <p>काठमाडौं। धनुषाका एक वडा सचिव घुस लिएको आरोपमा पक्राउ परेका छन्।</p> <p>धनौजी गाउँपालिका- २ वडा कार्यालयमा कार्यरत् वडा सचिव सुशिल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले घुससहित नियन्त्रणमा लिएको हो।</p> <p>आयोगका प्रवक्ता प्रदीपकुमाार कोइरालाका अनुसार सचिव ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए वापत&nbsp;सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिएका थिए।</p> <p>ठाकुरमाथि अनुसन्धान शुरू गरिएको अख्तियारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्