एमसीसीमा हस्ताक्षर नगर्ने श्रीलंकाली सरकारको निर्णय <p>काठमाडौं। श्रीलंकाली सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकी सहयोग परियोजना &lsquo;मिलेनियम च्यालेन्ज कर्पोरेसन&rsquo; (एमसीसी) सहमतिमा हस्ताक्षर नगर्ने निर्णय गरेको छ। यस सहमतिबारे अध्ययन गर्न बनाइएको विज्ञहरूको टोलीको सुझावको आधारमा मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।&nbsp;</p> <p>मन्त्रीपरिषद्का प्रवत्ता केहेलयिा रामबुकवेल्लाले एमसीसी सहमतिसँग राष्ट्रिय सुरक्षाका चासो मेल नखाने भएकाले र यो संविधान अनुकुल पनि नभएकाले हस्ताक्षर नगर्ने निर्णय गरिएको बताए। उनले संयुक्त राज्य अमेरिकासँग सहमतिमा संशोधनका लागि थप छलफल गरिने पनि बताए।</p> <p>एमसीसी सहमति अनुसार हस्ताक्षर गरे श्रीलंकाले भूमी व्यवस्थापन र यातायात प्रणालीको आधुनिकीकरणका लागि चार करोड ८० लाख अमेरिकी डलर पाउने उल्लेख गरिएको थियो ।&nbsp;</p> <p>वर्तमान श्रीलंकाली सरकारले पछिल्लो वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनमा एमसीसीको विपक्षमा आफूलाई उभ्याएको थियो। <em>श्रीलंकाली सञ्चारमाध्यम डेली मिररबाट</em> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्