कैलाली। तहगत सरकारहरूबीच समन्वय नहुँदा कैलालीमा विकास निर्माणका काममा नै प्रभाव हुँदै आएको छ। तीनै तहका सरकार आ-आफ्नै ढंगबाट चलिरहँदा योजना छनोटबाटै समस्या शुरू हुने गरेको छ।
आपसी समन्वय नहुँदा आयोजनाहरू दोहोरिने, आवश्यकताको प्राथमिकिकरण हुन नसक्ने र कार्यान्वयनमा अलमलको अवस्था आउने जस्ता समस्याहरू देखिएको छ। जिल्ला समन्वय समिति कैलालीले मातहतका १३ वटै पालिकामा गरेको अध्ययनपछि तहगत सरकारहरूबीच समन्वयको अभावले समस्या देखिएको चिचोड निकालेको छ।
जिल्लाका सबै स्थानीय तहको स्थलगत अनुगमन गर्दा स्थानीय तहमा बजेट खर्च न्यून रहेको र पारदर्शिता नभएको पाइएको पनि समन्वय समितिले जनाएको छ। यसअघि देखि नै तीनै तहका सरकारबीच समन्वय नभएको विषय उठ्दै आएको छ।
जिल्ला समन्वय समितिका अध्यक्ष सुर्यबहादुर थापाका अनुसार प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव बढ्ता छ। प्रदेशका जनप्रतिनिधिले स्थानीय जनप्रतिनिधिसँग समन्वय नै गर्न नचाहने बुझाई स्थानीय सरकारको रहेको पनि थापाले बताए।
योजना कार्यान्वयनँगै साझा अधिकारको विषयमा आपसी समन्वय, साझेदारी र सहअस्तित्व कायम गरेर अगाडि बढ्नु पर्नेमा प्रदेश सरकारले एकलौटी काम गरिरहेको स्थानीय जनप्रतिनिधिहरूको रहँदै आएको छ।
" /> कैलाली। तहगत सरकारहरूबीच समन्वय नहुँदा कैलालीमा विकास निर्माणका काममा नै प्रभाव हुँदै आएको छ। तीनै तहका सरकार आ-आफ्नै ढंगबाट चलिरहँदा योजना छनोटबाटै समस्या शुरू हुने गरेको छ।आपसी समन्वय नहुँदा आयोजनाहरू दोहोरिने, आवश्यकताको प्राथमिकिकरण हुन नसक्ने र कार्यान्वयनमा अलमलको अवस्था आउने जस्ता समस्याहरू देखिएको छ। जिल्ला समन्वय समिति कैलालीले मातहतका १३ वटै पालिकामा गरेको अध्ययनपछि तहगत सरकारहरूबीच समन्वयको अभावले समस्या देखिएको चिचोड निकालेको छ।

">