निजामति सेवा ऐनको अभावमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पौडेल
<p>हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले जनशक्ति अभावले प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन्।</p>
<p>प्रदेश लोकसेवा आयोगको ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई जनशक्ति थप्‍न र कार्यसम्पादनमा समस्या परेको गुनासो गरे।</p>
<p>मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने बताएका छन्।</p>
<p>प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रविधिको युगअनुसार काम गर्ने कर्मचारी छनोट गर्नुपर्नेमा जोड दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
