सिरियाली हवाई आक्रमणमा २९ टर्कीस सैनिकको मृत्यु
काठमाडौं। सिरियाली सेनाको हवाई आक्रमणमा २९ टर्कीस सेनाको मृत्यु भएको छ।

यो हमलामा आफ्ना सैनिक मारिएको टर्कीका हातय प्रान्तका गभर्नर रहमी डुगनले पुष्टी गरेका छन्।

घटनापछि टर्कीका राष्ट्रपति अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन्।

टर्कीको इदलिब प्रान्त त्यहाँका विद्रोहीहरूको कब्जामा रहँदै आएको छ।

सिरियाली सैन्य बललाई भने रुसको समर्थन प्राप्त छ।

बीबीसीका अनुसार विद्रोहीको पक्षमा उभिएको टर्कीले भने सिरियाली सेनालाई फिर्ता हुन भनेको छ।

प्रतिक्रिया दिनुहोस्