पूर्वमन्त्री सञ्जय साह भ्रष्टचारी ठहर, चार वर्ष जेल
काठमाडौं। पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई विशेष अदालतले भ्रटाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी पाएको छ। न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थाहा र चन्द्रबहादुर सरुको इजलासले साहलाई दुवै मुद्दामा दोषी पाएको हो।

साथै भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाएको छ भने सम्पत्ति शुद्धीकरण मुद्दामा २९ फागुनमा सजाय सुनाउने छ।

साहले गैरकानूनी तरिकाले सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दावीअनुसार नै विशेष अदालतले साहलाई दोषी पाएको छ।

अदालतले साहले १९ करोड ४४ लाख ३८ हजार ९८३ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना तिराउन आदेश दिएको छ। भ्रष्टाचारतर्फ अख्तियारले दुई वर्ष कैद सजाय माग गरेको थियो।

त्यसमा दुई वर्ष सजाय गर्दै विशेष अदालतले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको भन्दै थप दुई वर्ष कैद गरी चार वर्ष कैद सजाय हुने फैसला गरेको हो।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ‘अपराध’ गरेमा चार वर्षसम्म थप कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ। तर, पूर्वराज्यमन्त्री साहलाई मूल सजाय दुई वर्ष मात्र तोकिएकाले त्यो भन्दा बढी थप सजाय गर्न नमिल्ने भन्दै थप दुई वर्ष कैद सजाय गरिएको हो।

त्यस्तै विशेष अदाललते साहले १४ करोड २५ लाख एक हजार ७१६ रूपैयाँ शम्पत्ति शुद्धीकरण गरेको पाएको छ। यो विगो रकम जफत गर्ने र साहलाई यति नै जरिवाना हुने पनि विशेषले फैसला गरेको छ। सम्पत्ति शुद्धीकरणमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ।

फौजदारी कार्यविधि संहितामा तीन वर्ष भन्दा बढी सजाय हुनसक्ने कसूरमा सजाय निर्धारणका लागि एक महिनाभित्र छुट्टै सुनुवाई गर्नुपर्ने व्यवस्था छ। त्यसैअनुसार सम्पत्ति शुद्धीकरणमा समेत दोषि पाइएका साहलाई उक्त कसूरमा हुने सजयाबारे २९ फागुनमा सुनुवाई हुनेछ।

साहविरुद्ध २५ पुस २०७३ मा अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरण विभागले १६ चैत २०७४ मा सम्पत्ति शुद्धीकरणमा छुट्टै मुद्दा दर्ता गरेको थियो।

जनकपुर बमकाण्डमासमेत मुछिएका साह कर्तव्य ज्यान मुद्दामा थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्