काठमाडौं। झापाका अभिनय राई र झापाकै झमेन्द्र राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट भएका छन्।
प्रतियोगिताअन्तर्गत आज विराटनगरमा शुरू प्रदेश १ स्तरीय छनोट प्रतियोगिताको पुरुष ४९ केजी फाइनलमा झमेन्द्रले उदयपुरका लक्ष्मण राईलाई पराजित गरे। अभिनयले सुनसरीका संगम राईलाई पराजित गर्दै छनोट हुन सफल भए।
यसैगरी, पुरुष ५२ केजी तौल समूहमा झापाका भुगाल लिम्बू र मोरङका यानव थुलुङ राई फाइनलमा पुगेका छन्। पुरुष ५२ केजीमा भुगालले सुनसरीका मिकेम लिम्बू र यानवले उदयपुरका कपिल राईलाई पराजित गर्दै फाइनलमा स्थान बनाए।
यसैगरी, पुरुष ५६ केजी तौल समूहमा सुनसरीका शिवम् राई र झापाका सुरेन्द्र राईले फाइनलमा स्थान बनाए। शिवम्ले उदयपुरका वसन्त राई र सुरेन्द्रले मोरङका अजय बस्नेतलाई सेमिफाइनलमा पराजित गरे।
पुरुषकै ६० केजीमा झापाका तोविन प्रधानले फाइनलमा स्थान बनाए। उनले सोविन्द्र धरेवालाई पराजित गरे।

" /> काठमाडौं। झापाका अभिनय राई र झापाकै झमेन्द्र राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट भएका छन्।

">