काठमाडौं। आमा आफैंमा सम्पूर्ण शब्द पनि हो। त्यहीकारण यसका अगाडि ममतामयी, पूज्यनीय, स्नेही आदि विशेषण प्रयोग गरिन्छ। आपतविपत्मा पुकारिने शब्द पनि हो, आमा।

अरुको दुःखमा रोइदिने, अरुको पीडामा मल्हम लगाइदिने आमा नै पीडामा हुँदा के होला ? चलचित्र ‘आमा’ यही कथावस्तुमा बनेको छ। ९ फागुनबाट देशैभर प्रदर्शन भइरहेको चलचित्र आमा हेरेर भावुक नहुने दर्शक विरलै छन्। र, धेरैले यसलाई आफ्नै कथा मानेका छन्।

‘आमा’को कथा

एउटी आमा आफ्नो सिन्दुरको रक्षाका लागि लडिरहेकी हुन्छिन्। अनि छोरी आमा बन्न संघर्ष गरिरहेकी हुन्छिन्। कोही आमा भने जन्मन नपाउँदै मृत्युसँग लडिरहेको बच्चाका लागि लडिरहेकी हुन्छिन्।

सिढीबाट ओर्लिने बेला खसेर श्रीमानको टाउकोमा गम्भीर चोट लाग्छ। चोट लागेर बेहोस भएका श्रीमानलाई लिएर श्रीमती (मिथिला शर्मा) शहरतर्फ कुद्छिन्।

बाबुको दुर्घटनाको खबर पाएपछि शहरमा रहेकी छोरी (सुरक्षा पन्त) छटपटाउँछिन् र बाबु आउने बाटो हेरेर बस्छिन्। एम्बुलेन्स गाउँबाट शहर आइपुग्छ। अस्पतालले आईसीयू बिग्रिएको छ भन्छ। त्यसपछि छोरी आक्रोशित हुँदै भन्छिन्, “हैन, सरकारी भन्नेबित्तिकै सबै कुरा बिग्रिएकै, भत्किएकै हुनुपर्ने ?”

त्यसपछि एम्बुलेन्स अर्को अस्पतालतिर मोडिन्छ, जहाँ अस्पतालको गेटमै आन्दोलन भइरहेको हुन्छ। बिरामीलाई आकस्मिक उपचारका लागि लैजान सक्ने सम्भावना नभएपछि अर्को अस्पताल पुर्‍याइन्छ। त्यहाँ उपचार त हुन्छ तर, लाखौं खर्च हुन्छ।

उता मानव तस्करको जालोमा परेर चोर बाटो हुँदै छोरा अमेरिका छिरेका हुन्छन्। दुर्घटनामा बेहोस बाबुलाई हेर्न आउनसक्ने अवस्था हुँदैन। उतैबाट सकेको पैसा पठाइरहेका हुन्छन्।

बाबुलाई अस्पतालमा स्याहारिरहेकी आमा छोरासँग कुरा गर्न खोज्छिन्, तर भक्कानिएर बोल्नै सक्दिनन्। फोनमा पनि आमा छोरा मौन र स्तब्ध हुन्छन्।

छोरी (सुरक्षा पन्त) र ज्वाईं (मनिष निरौला)को सन्तान हुँदैन। दुईपटक टेस्टट्यूब बेबीका लागि गरिएको प्रयास असफल हुन्छ। उनीहरू तेश्रो टेस्टट्यूब बेबीको तयारी गरिरहेका हुन्छन्। उपचारकै क्रममा बाबुको मृत्यु हुन्छ। अनि पति वियोगको पीडामा रहेकी आमाले पनि शव गृहमै देहत्याग गर्छिन्। छोरा अमेरिकाबाट आउन नपाएपछि छोरीले नै आमा र बुबाको किरिया गर्छिन्।

चलचित्र ‘आमा’को धेरै कथावस्तु यस्तै मार्मिक छ।

यसको सबल पक्ष भनेकै यो चलचित्र विशुद्ध नेपाली परिवेशमा निर्माण गरिएको छ। यही समाजभित्रका घटनामा कथावस्तु बगेको छ। आमा बन्नलाई गरेको संघर्ष र आमाले गरेको संघर्ष दुबै यसमा छन्।

कलाकारले कथावस्तुमा डुबेर अभिनय गर्ने मात्र होइन, त्यसका लागि आफूलाई जीवन्त बनाउनु यसको अर्को सबल पक्ष हो। नायिका सुरक्षा पन्तले बाबुको किरिया गर्न साँच्चिकै कपाल मुण्डन गरेकी छिन्। निर्देशक दीपेन्द्र के. खनालले पनि आफ्नो निर्देशकीय क्षमता निखारेका छन्।

आरोप पनि

यद्यपि यो चलचित्रले आँशुको व्यापार गर्न खोजेको आरोप भने खेपिरहेको छ।

केही वर्ष अघिसम्म दर्शक रुवाउने चलचित्र रुचाइन्थे। पछिल्लो समय भने हास्यप्रधान चलचित्र दर्शकले धेरै रुचाए। त्यहीकारण पनि यस्तै चलचित्रले प्राथमिकता पाए।

निर्देशक खनाल भने चलचित्र ‘आमा’ले नेपाली समाजको यथार्थ चित्रण गरेकाले आँशुको व्यापार गरेको भन्न नमिल्ने तर्क गर्छन्। “तपाईं हाम्रो समाजमा घटेका घटनालाई चलचित्रमार्फत् प्रस्तुत गर्दा आँशुको व्यापार गर्न खोजियो भनिन्छ भने म यसलाई सामान्य रूपमा लिन्छु”, उनले भने।

" /> काठमाडौं। आमा आफैंमा सम्पूर्ण शब्द पनि हो। त्यहीकारण यसका अगाडि ममतामयी, पूज्यनीय, स्नेही आदि विशेषण प्रयोग गरिन्छ। आपतविपत्मा पुकारिने शब्द पनि हो, आमा।

"> चलचित्र ‘आमा’ अर्थात् हरेक आमाको कथा : Dekhapadhi
चलचित्र ‘आमा’ अर्थात् हरेक आमाको कथा

प्रतिक्रिया दिनुहोस्