काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नो जन्मथलो बाराको निजगढमा पहिलोपटक एकल साँझ गर्दैछन्। पर्सि, १७ फागुनमा निजगढमा ढकालको एकल साँझ हुन लागेको हो।
युथ अफ निजगढले ढकालको एकल साँझ तथा प्रि–होली कन्सर्ट आयोजना गरेको हो, जसमा ढकालले वाद्यवादकका साथमा नयाँ तथा पुराना गीत सुनाउनेछन्। एकल साँझबारे ढकालले भनेका छन्, “वाद्यवादकका साथमा पहिलोपटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिँदैछु ।”
“आफ्नो जन्मस्थानमा पहिलोपटक यति भव्य कार्यक्रममा जाँदै गर्दा मनैदेखि अत्यन्तै गौरवान्वित र हर्षित भएको छु”, उनले थप भनेका छन्।
ढकालको साथमा गायिका अनु अधिकारी र क्रोम्याटिक ब्याण्डको पनि प्रस्तुति रहनेछ।
युथ अफ निजगढकी अध्यक्ष गंगामाया श्रेष्ठले निजगढ नगरपालिकाभित्र विविध धार्मिक, सांस्कृतिक, सामाजिक तथा परोपकारका कार्यक्रमहरू गर्दै आएको बताइन्।
" /> काठमाडौं । गायक रामकृष्ण ढकालले आफ्नो जन्मथलो बाराको निजगढमा पहिलोपटक एकल साँझ गर्दैछन्। पर्सि, १७ फागुनमा निजगढमा ढकालको एकल साँझ हुन लागेको हो।युथ अफ निजगढले ढकालको एकल साँझ तथा प्रि–होली कन्सर्ट आयोजना गरेको हो, जसमा ढकालले वाद्यवादकका साथमा नयाँ तथा पुराना गीत सुनाउनेछन्। एकल साँझबारे ढकालले भनेका छन्, “वाद्यवादकका साथमा पहिलोपटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिँदैछु ।”

">