काठमाडौं। नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयले रिक्त तीन एआईजी पदमा डीआईजीहरू तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले उनीहरूलाई एआईजीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल डोटी, थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरी दरबन्दी भई प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्। उनी प्रहरी प्रवक्ता समेत हुन्।
यसैगरी, तीन नम्बरमा बढुवाका लागि सिफारिस भएका पाल प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरोमा कार्यरत छन्।
लम्सालले ६८ दशमलव ६६२, थापाले ६८ दशमलव ४०६ र पालले ६७ दशमलव ५५३ नम्बर पाएका छन्।
प्रहरीमा तीन एआईजी पद रिक्त छ। तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले अवकाश पाएका थिए।
" /> काठमाडौं। नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) प्रहरीअतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।गृह मन्त्रालयले रिक्त तीन एआईजी पदमा डीआईजीहरू तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो।

">