फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ
काठमाडौं। फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका- १९ बस्ने पूर्णीमा श्रीष रहेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

उपरीक्षक सिंहका अनुसार उनले वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा खाना प्याकिङको काममा आकर्षक तलब पाइने लोभ देखाएर तीन जनाबाट ३८ लाख पचास हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।

पीडितले २८ माघमा दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। श्रीषलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्