कैलाली। नक्कली कागजात पेश गरी टेन्डर पारेको आरोप लागेका अमित मेडिसिन डिस्ट्रिब्यूटर्स धनगढीका संचालक दुस्यन्त बस्नेतलाई पुनः थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धानका लागि सरकारी वकीलमार्फत् जिल्ला अदालत कैलालीबाट पाँच दिनको समयावधि पाएको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदिप गिरीले पाँच दिनपछि सबै अनुसन्धान पूरा गरी मुद्दा जिल्ला अदालत पठाइने बताए।

गत २८ माघमा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका बस्नेत स्वास्थ्य उपचारका लागि भन्दै धनगढीको सीपी अस्पताल भर्ना भएका छन्। भीआईपी अभियुक्तले पाउने उपचार सुविधाको प्रयोग गर्दै उनी हिरासतमा नबसेर उपचारका नाममा अस्पताल भर्ना भएका हुन्।

अस्पतालमै रहेका बेला अनुसन्धानका लागि प्रहरीले पहिलोपटक २८ माघमा कैलाली जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको थियो। ३ फागुनमा म्याद सकिएपछि प्रहरीले पुनः १० दिनको म्याद माग गरेपनि अदालतले पाँच दिनको मात्रै म्याद थप गरेको थियो।

दोश्रोपटक थपिएको म्याद समेत ८ फागुनमा सकिएपनि ९ फागुनमा शिवरात्री र १० फागुनमा शनिबार परेका कारण ११ फागनुमा प्रहरीले पुनः १० दिनको म्याद मागेको थियो। तर, अदालतबाट पुनः पाँच दिनको मात्रै म्याद थप भएको बताए।

प्रहरीमा आत्मसमर्पणपछि सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएकोमा चिकित्सकले बस्नेतलाई सुगर र पायल्सको समस्या रहेको भन्दै थप उपचारका लागि धनगढीस्थित सीपी अस्पतालमा पठाएका थिए। हाल उनी सोही अस्पतालमा उपचाररत छन्।

प्रहरीले सेती प्रादेशिक अस्पताललाई बस्नेतलाई के कति कारणले अझै अस्पतालमा राख्नु पर्ने हो कारण खुलाइ जवाफ मागेको भएपनि अस्पतालले अहिलेसम्म उपलब्ध नगराएको प्रहरी उपरीक्षक गिरीले बताए।

बस्नेतले भने आफ्ना विरुद्ध उजुरी परेपछि आफू भागेको नभइ उपचारका लागि भारतमा रहेको र उपचार गरेको कागजात पेश गरेको प्रहरी उपरीक्षक गिरीले बताए।

बस्नेतले सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी राजस्व छलेको पुष्टी भएको छ। सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी नक्कली करचुक्ता प्रमाणपत्र बनाएर उनले गेटा आँखा अस्पतालको औषधी आपूर्तिका लागि टेण्डर हालेका थिए। उनले पेश गरेको करचुक्ता प्रमाणपत्र नक्कली भएको पुष्टी भएपछि आन्तरिक राजस्व कार्यालयले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

अमित मेडिसिनका अर्का संचालक प्रदिप अग्रवाल भने करचुक्ता प्रमाणपत्र नक्कली भएको खुलेपछि फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

" /> कैलाली। नक्कली कागजात पेश गरी टेन्डर पारेको आरोप लागेका अमित मेडिसिन डिस्ट्रिब्यूटर्स धनगढीका संचालक दुस्यन्त बस्नेतलाई पुनः थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

"> औषधी व्यापारी बस्नेतलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति: Dekhapadhi
औषधी व्यापारी बस्नेतलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

प्रतिक्रिया दिनुहोस्