सीपी मैनालीसहित ५ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो, ग्रान्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं। नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार आज बिाहन महोत्तरीको बर्दिबासस्थित रातु पुलमा अर्को कारसँग ठोक्किएको थियो।

मैनाली चढेको बा। ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिक अप भ्यानले ठक्कर दिएको महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले देखापढीलाई बताए।

दुर्घटनामा परी घाइते भएका महासचिव मनौली, उनका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका थिए। मैनाली परिवार झापाबाट काठमाडौं आउँदै थिए।

घाइते पाँचै जनाको स्थानीय जनसेवा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याएको हो।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख नेपाल प्रहरीका एसएसपी रामकृपाल साहले घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताए।

“दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी थप उपचारका लागि धापासीस्थित ग्राण्डि अस्पताल लगिएको छ,” उनले देखापढीसँग भने, “उहाँहरुको अवस्था खतरामुक्त छ भन्ने जानकारी पाएको छु। ”

पढ्नुहाेस्

सीपी मैनाली चढेको कार दुर्घटना

प्रतिक्रिया दिनुहोस्