प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. कोइरालाबीच बालुवाटारमा भेटघाट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ।

प्रधानमन्त्रीलाई भेट्न डा. कोइराला बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका थिए।

प्रधानमन्त्री ओली र डा. कोइरालाबीच करिब डेढ घण्टा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शिष्टाचार भेटका लागि डा. कोइराला बालुवाटार आएको बताए।

कांग्रेस नेता डा. कोइरालाले पछिल्ला केही दिनमा विकसित परिस्थितिबारे प्रधानमन्त्रीसँग कुरा भएको देखापढीलाई बताए।

उनले भने, “कुराकानीका क्रममा प्रधानमन्त्रीलाई आफ्नै पार्टीभित्रबाट अप्ठेरो अवस्था सिर्जना भएको मैले देखें।”

प्रतिक्रिया दिनुहोस्