काठमाडौं। सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका दिन आज मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापनाको घोषणा गरेका हुन्।

पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्ने गरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको मन्त्री भट्टराईले जानकारी दिए।
उनका अनुसार कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार आउँदो २२ वैशाखमा अधिकारीको जन्मदिन पारेर वितरण गरिने छ साथै अर्को वर्षबाट स्मृति दिवसकै दिन वितरण गरिने छ।
गत वर्ष १५ फागुन आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौं फर्कने क्रममा तत्कालीन मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो।
दुर्घटनामा परी मन्त्री अधिकारीसँगै उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो।
" /> काठमाडौं। सरकारले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ।ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका दिन आज मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापनाको घोषणा गरेका हुन्।

">