भोजपुर। स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशीमा बन्द गरिएको 'पानी जहाज' (जेटबोट) पुन: संचालनमा आएको छ।
रोजगारी र भाडामा सहुलियतसम्बन्धी स्थानीयवासीले राखेको माग पूरा हुने भएपछि 'पानी जहाज' संचालन थालिएको हो।
सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकासम्मको भाडा ३०० बाट २५० रूपैयाँ, चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा ३५० बाट घटाएर ३०० कायम गरिएको बताए।
त्यस्तै चतराबाट हुतवागढी-९ हसनपुरको सिम्ले/हलेदे नदी किनार आसपासका स्थानीयको भाडा ४०० र अन्य क्षेत्रका आउने यात्रुको भाडा भने यथावत ५०० नै राखिएको छ।
सुरक्षााका लागि बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोष्ट रहने सहमतिसमेत भएको छ।
सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन्। रासस
" /> भोजपुर। स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशीमा बन्द गरिएको 'पानी जहाज' (जेटबोट) पुन: संचालनमा आएको छ।रोजगारी र भाडामा सहुलियतसम्बन्धी स्थानीयवासीले राखेको माग पूरा हुने भएपछि 'पानी जहाज' संचालन थालिएको हो।

">