मौसममा सुधार, आज र भोलि घाम लाग्ने

काठमाडौं। केही दिनदेखि प्रभावित मौसम आजबाट सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार हिजो, १४ फागुन बेलुकाबाट पश्चिमी न्यून चापीय वायुको प्रभाव कमजोर भएसँगै मौसममा सुधार आएको हो।

बासीका अनुसार आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन।

बिहान काठमाडौं उपत्यकामा बादल देखिए पनि दिउँसो मौसम खुला भई घाम लाग्ने बताइएको छ।

राति देशको अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्