लागुऔषध कारोबारीसँग एक अर्बको सम्पत्ति

काठमाडौं। लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ।

लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निष्कर्ष छ।

उनीसँग चल-अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकाले समाचार लेखेको छ। मगरको सबै सम्पत्ति रोककासमेत गरिएको छ।

अनुसन्धान टुंग्याएको विभागले मुद्दा दायरको तयारी गरेको छ।

देवेन्द्र तीन पटक जेल बसेर छुटेका व्यक्ति हुन्। पछिल्लो पटक २३ बैशाख २०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो।

त्यसबेला उनीसहित तीनजना १३६ किलो चरेससहित पक्राउ परेका थिए।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम राखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो।

उनको हङकङ र जापानका बैंकमा खाता रहेको अनुसन्धानमा खुलेको छ। लागुऔषध कारोबारको पैसा तिनै खातामा जग्गा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

देवेन्द्र त्यतिबेला दुई वर्ष जेल बसेर छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्