काठमाडौं। च्याम्पियन्स लिगको सर्वाधिक विजेता रियल मड्रिडले आज राति इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्दैछ भने इटालियन महारथी युभेन्टसले लियोनविरुद्ध खेल्नेछ।
पेप ग्वार्डिओलाको सिटी मड्रिड भ्रमणमा छ। प्रिमियर लिगको उपाधि होडबाट बाहिरिसकेको सिटीले च्याम्पियन्स लिगमा गर्ने प्रदर्शनबाट क्लबको सफलता मापन हुनेछ। अर्को दुई सिजन यूरोपियन प्रतियोगितामा लागेको प्रतिबन्धका कारण पनि सिटीका लागि यस सिजन च्याम्पियन्स लिगको विशेष महत्व छ।
त्यही सिटी क्वार्टरफाइनल प्रवेशका लागि हुने पहिलो लेग खेल्न रियल मड्रिडको घरेलु मैदान बर्नबाउमा छ। सिटीका प्रशिक्षक ग्वार्डिओलालाई पनि च्याम्पियन्स लिग धेरै महत्वपूर्ण छ। उनले पनि २०११ पछि यूरोप कै ठूलो प्रतियोगिताको उपाधिको स्वाद लिन पाएका छैनन्।
ग्वार्डिओला सिटीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन कै लागि २०१६ मा इङ्ल्यान्ड गरेका थिए। ग्वार्डिओलाले सिटीलाई दुई पटक लिग उपाधि जिताए पनि च्याम्पियन्स लिगको उपाधि भने जिताउन सकेका छैनन्। त्यसका कारण पनि ग्वार्डिओलाका लागि यो जित महत्वपूर्ण छ।
सिटी अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ भने एफए कपको अन्तिम १६ मा तथा लिग कपको फाइनलमा स्थान बनाएको छ। रियल भने ला लिगको दोस्रो स्थानमा छ। च्याम्पियन्स लिग र च्याम्पियन्स कपमा गरी दुई क्लबबीच भएको पछिल्ला ६ प्रतिस्पर्धामा रियलको पल्ला भारी छ। रियलले तीन खेल जितेको छ भने दुई बराबरी र एक खेलमा पराजित भएको छ।
आजै युभेन्टसले फ्रान्स भ्रमणमा निस्केको छ। युभेन्टसले दुई पटक उपाधि जितिसकेको छ। लगातार नवौंपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्टसले १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन।
युभेन्टसले पनि च्याम्पियन्स लिग जित्नकै लागि क्रिष्टियानो रोनाल्डोलाई रियल मड्रिडबाट भित्राएको छ। रोनाल्डो पछिल्ले समय लयमा छन्।
“लियोन खतरनाक टीम हो। त्यसैले हामीले राम्रो खेल्नुको विकल्प छैन”, रोनाल्डोको प्रशंसा गर्दै युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भने, “रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्। पछिल्लो तथ्याङ्कले पनि उनी कस्तो लयमा छन भन्ने देखाउँछ।”
लियोन भने घरेलु लिगमा संघर्ष गरिरहेको छ। फ्रेन्च लिग वानको सातौं स्थानमा छ। त्यस्तै लिगको कपको फाइनल तथा फ्रेन्च कपको सेमिफाइनलमा स्थानमा बनाएको छ।

बायर्नसँग चेल्सी स्तब्ध, बार्सिलोना बराबरीमा रोकियो
गएराति सम्पन्न खेलमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले चेल्सीलाई ३-० ले हरायो। यससँगै बायर्नले क्वार्टरफाइनलको सम्भावना बलियो बनाएको छ। किनकी बायर्न गएराति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलेको हो।
बायर्नको जितमा सेर्गी जिनाब्रीले दुई गोल गरे भने लेवनडस्कीले एक गोल गरे। लिगमा जारी सिजन च्याम्पियन्स लिगमा लेवनडस्कीको यो ११औं गोल हो। यससँगै जारी सिजन उनी अहिलेसम्म सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। दोस्रो स्थानमा बोरुसियाका इर्लिङ हालान्ड छन्। जिनाब्रीको छैटौं गोल हो। उनी तेस्रो स्थानमा छन्।
गए राति नै सम्पन्न अर्को खेलमा बार्सिलोना इटालियन क्लब नापोलीसँग १-१ को बराबरीमा रोकियो। नापोलीका द्रिइस मार्टिन्सले ३०औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिएका थिए। ५७औं मिनेटमा बार्सिलोनाका एन्टोइन ग्रिज्मानले बराबरी गोल फर्काए।
" /> काठमाडौं। च्याम्पियन्स लिगको सर्वाधिक विजेता रियल मड्रिडले आज राति इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्दैछ भने इटालियन महारथी युभेन्टसले लियोनविरुद्ध खेल्नेछ।पेप ग्वार्डिओलाको सिटी मड्रिड भ्रमणमा छ। प्रिमियर लिगको उपाधि होडबाट बाहिरिसकेको सिटीले च्याम्पियन्स लिगमा गर्ने प्रदर्शनबाट क्लबको सफलता मापन हुनेछ। अर्को दुई सिजन यूरोपियन प्रतियोगितामा लागेको प्रतिबन्धका कारण पनि सिटीका लागि यस सिजन च्याम्पियन्स लिगको विशेष महत्व छ।

">